Comments Add Comment

सीके राउतले सभा गर्दा सरकार रमिते बन्योः भीम रावल

bhim rawal

७ माघ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय एकता र स्वाधिनतामाथि प्रहार गर्नेहरुलाई सरकारले नै प्रश्रय दिएको आरोप लगाएको छ ।

व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेता भीम रावलले प्रधानमन्त्री सत्ता लब्याउने खेलमा मात्र लागेको आरोप लगाए ।

रावलले भने, ‘हालै सीके राउत लगायतले स्वतन्त्र मधेस राष्ट्र भनेर अभियान चलाउँदा र खुला सभा गर्दा यो सरकार रमिते बनेको छ ।’

पूर्व रक्षा तथा गृहमन्त्री समेत रहेका रावलले संसदमा पटना बैठकको पनि जिकिर गरे ।

त्यसबारे राष्ट्रपति निवासमा शीर्ष नेताहरुलाई जानकारी गराउँदा प्रधानमन्त्रीले यथार्थ विवरण जानकारी गराउनुको साटो हल्ला ढंगले लिएको र राजनीतिक दाउपेजका रुपमा प्रयोग गर्न खोजेको उनको आरोप छ ।

राष्ट्रिय सुरक्षालाई कमजोर पर्ने प्रयास भएको भन्दै उनले भने, ‘मैले उक्त विषयलाई भरपर्दो जानकारीका आधारमा प्रधानमन्त्री र शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको हुँ ।’

उनले यसबारे छलफल गर्न सुरक्षा निकायका प्रमुख र प्रमुख प्रतिपक्षी दलसहितको बैठक राख्न समेत माग गरेका छन् ।

आफूले उठाएका विषयमा प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने एमाले नेता रावलको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment