Comments Add Comment

घोषणा भयो ‘मन त परदेशी’

man-ta-pardeshi
चलचित्र ‘मन त परदेशी’को घोषणा भएको छ । यो चलचित्रको आज काठमाण्डौमा शुभसाइत गरिएको छ । कलाकार, पत्रकार र चलचित्रको निर्माण यूनिटको उपस्थितीमा शुभसाइत गरिएको हो । काठमाण्डौको कमलादी गणेश मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो ।

चलचित्रलाई देव नेपालले निर्देशन गर्दैछन् । चलचित्रमा दिपेश पाण्डे, विक्रम क्षेत्री र समिता गिरी मुख्य भूमिका रहने जानकारी दिइएको छ । दुर्गाबहादुर खड्काले बनाउन लागेको यो चलचित्रको छायांकन फागूण १० गतेबाट सुरु हुनेछ ।

लभ स्टोरी कथामा बन्न लागेको यो चलचित्रलाई दर्शकले मन पराउने विश्वास यसका निर्देशकको छ । चलचित्रका कलाकारहरुले पनि मिहिनेतका साथ काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment