Comments Add Comment

मेगा बैंक र टुरिजम् एक आपसमा गाभ्ने, चुक्ता पुँजी ९ अर्ब नाघ्ने

photo1
७ माघ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंकबीच एक आपसमा गाभ्ने/गाभिने सैद्धान्तिक सहमति भएको छ । विहीबार भएको सहमतीमा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोज बहादुर शाह र टुरिजम् डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

मर्जर पश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहने छ । अन्तिम सेयर आदान प्रदान अनुपात डिडिए प्रतिवेदनको आधारमा फरक पर्न सक्ने गरी हाललाई मेगा बैंकको र टुरिजम् डेभलपमेन्टको स्वाप रेसियो १ सय बराबर ९५ तय गरिएको छ । साथै मेगा बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले नै मर्जर पछिको संस्थामा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको रुपमा निरन्तरता पाउने छन् ।

मेगा बैंकको हालको चुक्ता पुँजी रु. ४ अर्ब १ करोड, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या ४० तथा ४७ वटा एटिएमहरु रहेको र टुरिजम् डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी रु. ९१ करोड ९७ लाख, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या २३ तथा १२ वटा एटिएमहरु छन् । आगामी साधारण सभाले स्वीकृत गरेको खण्डमा मेगा बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७२/७३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीमा १३.९५% बोनस सेयर जारी गर्ने र ६५ प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको छ ।

साथै टुरिजम् डेभलपमेन्टले हालको चुक्ता पुँजी रु. ९१ करोड ९७ लाखमा १८.६० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । टुरिजम् डेभलपमेन्ट बैंकले मातृभूमि बिकास बैंक र कालिञ्चोक डेभलपमेन्ट बैंकलाई प्राप्त गरिसकेको छ । मेगा बैंकका सिईओ शाहले मेगा बैंककोको चुक्ता मर्जर र बोनस, हकप्रद सबैपछि ९ अर्ब नाघ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment