Comments Add Comment

विन डिजलको बच्चाको आमा बन्न चाहन्छिन् दीपिका

bin-disel-and-deepika
बलिउड नायिका दीपिका पादुकोण हलिउड चलचित्रमा पाइला राखेपछि निकै खुशी छिन् । केहि दिन अगाडि मात्र दीपिकाले आफ्नो नयाँ हलिउड चलचित्रका नायक विन डिजललाई भारत ल्याएकी थिइन् ।

उनै, दीपिका अहिले अमेरिकामा छिन् । हालै मात्र दीपिका च्याट शो ‘द एलेन डिजेनर्स’मा पुगेकी थिइन् । उनले कार्यक्रममा आफू विनसँग आकषिर्त भएको बताएकी छिन् । उनले भनेकी छिन्-‘म विनको यति धेरै मन पराउँछु कि, उनको साथमा बच्चा जन्माउने सोच पनि आउन थालेको छ ।’ दीपिका च्याट शोमा विनको बारेमा खुबै भावनामा डुबिनि् ।

जब शोकि संचालिकाले दीपिका र विनको रोमान्सको बारेमा सोधिन्, दीपिकाले भनिन्-‘आगो विना धुवा उड्दैन । म मनै मन सोच्छु कि, हामी दुई एकसाथ छौ । हामी एकसाथ रहेर एक अद्भुत बच्चा जन्माऔं ।’

दीपिकाको यो चाहनाले कतै उनी र रणवीर सिंहविचको सम्बन्धमा दरार त आउने होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment