Comments Add Comment

अचम्मको रियालिटी शो, जसमा एक-अर्काको लुगा फुकाल्नुपर्छ

tv-showअहिले टेलिभिजन च्यानलहरुमा रियालिटी शोको बहार छ । तपाईंले पनि धेरै किसिमका रियालिटी शो हेरिसक्नु भएको होला । तर यति ‘फाल्तु’ रियालिटी शो सायदै हेर्नुभएको छ ।

अष्ट्रेलियाको टिभी च्यानल एसबिएसमा टेलिकास्ट शुरु भएको यो रियालिटी शोको नाम नै छ ‘अनड्रेस्ड’ । यसको काम पनि नाम अनुसारकै छ । यसमा आपसमा अपरिचित दुई व्यक्तिहरुलाई एक-अर्काको लुगा फुकाल्न लगाइन्छ ।

 

प्रत्येक हप्ताको सोमबार टेलिभिजनमा आउने यो रियालिटी शो १६ जनवरीबाट सुरु भएको हो । यसमा यस्ता जोडीहरु हुन्छन् जो विगतमा कहिल्यै भेट भएका थिएनन् ।
tv-sho-finalपहिलो भेटमै उनीहरुले एक-अर्काको लुगा फुकालेर नांगै बनाउनुपर्छ । त्यसपछि उनीहरु एउटै ओछ्यानमा आधा घन्टा एक-अर्कालाई अंगालेर सुत्नुपर्छ । सुत्ने क्रममा शारीरिक सम्वन्ध भने राख्न पाइदैन । बरु उनीहरुले एक-अर्कालाई मसाज चाहिँ गर्न सक्छन् ।

सुत्ने क्रममा प्रत्येक जोडीले रोमान्टिक र यौनजन्य सवालजवाफ गर्नुपर्छ । जस्तैः पहिलोपटक सेक्स गर्दाको अनुभव कस्तो रह्यो ? के तिमी असल चुम्बनकर्ता हौ ? तिम्रो कति इन्चको छ ? आदि । आधा घन्टाको सवालजवाफपछि दुई जनाले एक-अर्कालाई मन पराएको खण्डमा उनीहरु प्रेमी-प्रेमिका बनेर बस्न सक्छन् । अन्यथा शो छोडेर आ-आफ्नो बाटो लाग्नुपर्छ ।

tv-show2यस शोको धेरैले आलोचना गरेका छन् । केहीले समर्थन पनि गरेका छन् । एसविएस च्यानलका निर्देशक मार्सल हेल्ड दर्शकहरुले पहिलो एपिसोड अत्यधिक रुचाएको बताउँछन् ।

‘यसमा गलत केही पनि छैन, बरु दुई अपरिचित व्यक्तिले एक-अर्कालाई नजिकबाट चिन्ने मौका पाउछन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment