Comments Add Comment

सेनाको अस्पतालमा अब सर्वसाधारणले पनि उपचार गर्न पाउने

birendra-army-hospital-chhauni७ माघ, काठमाडौ । नेपाली सेनाको वीरेन्द्र अस्पतालले अब सार्वसाधारणलाई पनि बहिरंग सेवा दिने भएको छ ।

 

अब फागुन १३ गते शिवरात्रीदेखि सर्वसाधारणले दिउँसो साढे ३ बजेदेखि ५ बजेसम्म बहिरंग सेवा लिन सक्नेछन् । साथै काठमाडांै बाहिर सेना कार्यरत २४ स्थानमा भएका चिकित्सकमार्फत सर्वसाधारणलाई बहिरंग सेवा उपलब्ध गराउन नेपाली सेना तयार भएको छ ।

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबीच विशिष्ठ व्यक्तिहरुलाई सेनाकै अस्पतालको विशिष्ठ कक्षमा उपचार गर्ने सहमति भए अनुसार नेपाली सेनाले वीरेन्द्र अस्पतालको विशिष्ठ कक्षमा अति विशिष्ठ व्यक्तिहरुको उपचारको व्यवस्थालाई छिट्टै कार्यान्वयनमा ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विशेषज्ञ सेवा नपुगेका विभिन्न जिल्लाहरुमा एनएमए, नेपाली सेना र स्वास्थ्य मन्त्रालय मिलेर सर्जिकल सुविधा सहितको स्वास्थ्य शिविर सञ्चालनमा ल्याइने स्वास्थय मन्त्री गगन कुमार थापाले जनाएका छन् । यसको लागि नेपाली सेनाको मोबाइल अस्पताल प्रयोगमा ल्याइने सैद्धान्तिक सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment