Comments Add Comment

नयाँ शक्तिको चुनाव चिन्ह आँखा, झण्डा पाँच तारा

संयोजक भट्टराईले दौंतरीलाई बनाए राजनीतिक सल्लाहकार

७ माघ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले चुनाव चिन्ह आँखा प्रस्ताव गरेको छ । उसले झण्डा पनि परिवर्तन गरेको छ ।

eye-naya-shaktiपार्टीको राजनीतिक समिति र काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले पार्टीको चुनाब चिन्ह र पाँच तारा झण्डा प्रयोग गर्ने निर्णय गरेको हो ।

 

नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले अनलाइनखबरसँग भने, ‘आँखा चुनाव चिन्ह र रातो व्याक ग्राउण्डमा सेतो पाँच तारा झण्डा टुंगो लगायौं । निर्वाचन आयोगमा दर्ताको प्रक्रिया पनि अघि बढिसकेको छ ।’

यसअघि चुनाव चिन्ह टुंगो नलागे पनि एक तारा भएको झण्डा नयाँ शक्तिले प्रयोग गर्दै आएको थियो ।

नयाँ शक्तिले पाँच ‘स’ (समतामुलक सम्वृद्धि, समानुपातिक समावेशी सहभागीतामुलक लोकतन्त्र, सुशासन र सदाचार, स्वाधिनता सार्बभौमिकता, समुन्नत समाजवाद)प्रति प्रतिबद्ध रहेको बताउने गरेको छ । यीनै पाँच सलाई प्रतिनिधित्व हुने गरी नयाँ शक्तिले पाँच तारा झण्डा बनाउने निर्णय गरेको हो ।

भट्टराईको राजनीतिक सल्लाहकार भाइराजा

dr-bhairaja-pandeyयसैगरी बैठकले संयोजक डा. बाबुराम भट्टराईको राजनीतिक सल्लाहकारमा डा. भाइराजा पाण्डेलाई चयन गरेको छ । लामो समयसम्म संयुक्त राष्ट्रसंघमा काम गरेका उनी भट्टराईका ‘क्लासमेट’ हुन् । अस्कल क्याम्पसमा डा. भट्टराई र पाण्डेले सँगै पढेका थिए । युएनको जागिरबाट अवकाश पाएपछि पाण्डे नयाँ शक्तिमा लागेका हुन् ।

यसैगरी नेपाली सेनाका पूर्वकर्णेल मदन केसी पनि नयाँ शक्तिमा लागेका छन् । पाइलट समेत रहेका केसीलाई कास्की जिल्लाको उत्प्रेरकको जिम्मेवारी दिइएको नयाँ शक्तिका प्रवक्ता देवकोटाले अनलाइनखबरलाई जानकारी दिए ।

नयाँ शक्तिले योग साधना बिभागको संयोजकमा डा. चेतनाथ अधिकारी, वैदेशिक रोजगार विभागको संयोजकमा दानबहादुर तामाङ र खेलकुद बिभागको सहसंयोजकमा देवी सुवेदीलाई चयन गरेको छ । खेलकुद विभागको संयोजक भने राजेन्द्र किराँती छन् ।

नयाँ शक्तिले मासिक लेबी पनि टुंगो लगाएको छ । केन्द्रीय कार्य समितिका सदस्यहरुलाई मासिक एक हजार र केन्द्रीय परिषद सदस्यहरुलाई मासिक पाँच सय लेबी तोकिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment