Comments Add Comment

सयौं आन्दोलनकारीले जिविसमा तोडफोड गरे, प्रहरीले रबरको गोली हान्यो

nuwakot-jhadap-7

७ माघ, नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकालाई हटाएको विरोधमा स्थानीयबासीले थालेको आन्दोलनले उग्र रुप लिएको छ ।

 

सरदमुकाम आएका स्थानीयबासीले जिल्ला विकास समितिमा तोडफोड गरेका छन् । त्यसलाई रोक्न प्रहरीले अश्रुग्यासका साथै रबरको गोली हानेको छ ।

रबरको गोली दुई जनालाई लागेको छ । थानसिंगका विनोद पाठकको पेट र देब्रे तिध्रामा गोली लागेको छ भने चौघडाका राजन भट्टको तिघ्रामा एउटा गोली लागेको छ । उहाँहरुको अवस्था भने सामान्य छ ।

झण्डै दुई हजारको हारहारीमा रहेको आन्दोलकारीलाई जिविस परिषरबाट लखेट्न प्रहरीले १९ राउण्ड अश्रुप्यास र ८ राउण्ड रवरको गोली प्रहार गरेको छ । अन्य २१ जना आन्दोलनकारी प्रहरीको लाठी लागेर सामान्य घाइते भएका छन् ।

झडपमा परी २० जना प्रहरी सामान्य घाइते जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । आन्दोलकारीको ढुङ्गामुढाबाट प्रहरीका केही सामाग्रीहरु समेत टुटफुट भएको छ ।

स्थानीय निकाय पुन संरचनामा जिल्लाबाट सिफारिस भएर गएको गाउँपालिका केन्द्रले हटाएपछि लिखु गाउँ पालिकामा पर्ने गाउँका नागरिकहरु छ दिनदेखि आन्दोलित छन् । बिहीबार ढकुरेमा राजनीतिक दलको एकेबद्धता सहितको कोणसभा गरेपछि उनीहरु शुक्रबार सदरमुकाम विदुर प्रवेश गरेका हुन् ।

नुवाकोटको निर्वाचन क्षेत्र १ र २ मा छ दिनदेखि बन्द गराउँदै आएका आन्दोलनकारीहरु बस, मिनिट्रक, ट्याक्टर, निजी सवारी साधन चढेर सदरमुकाम आएका थिए ।

विहान कार्यालय समयमा आन्दोलकारीहरुले सदरमुकामको मुख्य स्थान र सडक ढाकेका थिए । जिल्ला विकास समितिमा छलफलका लागि पुगेको एक हजार भन्दा बढी संख्याका आन्दोलनकारीहरुले जिल्ला विजकास समितिमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रसत बनेको हो ।

आन्दोलनकारीले स्थानीय विकास अधिकारीको कार्यकक्षदेखि सवारी साधनसम्ममा क्षति पुर्‍याएका छन् । जिविसको टेवलमा रहेको आधा दर्जन भन्दा बढी कम्प्युटर लगायतका विद्युतिय सञ्चार सामाग्रीहरु फुटेका छन् ।

nuwakot-jhadap-6

प्रत्यक्षदर्शी एक कर्मचारीका अनुसार एलडिओलाई खोज्दै हातमा लाठो लिएर आएका आन्दोलनकारीहरुको बीचबाट एलडिओ केशरबहादुर पण्डितलाई जोगाउन हम्मे परेको थियो । एलडिओ नचिनेपछि आन्दोलनकारीहरुले छाडेको र उनको कार्यकक्षमा रहेको सम्पूर्ण सामाग्रीहरु ध्वस्त पारेका छन् ।

एलडिओको कार्यकक्षमा रहेको फर्निचर समेत बाहिर फालेर आन्दोलकारीले आगो लगाएका छन् । कर्मचारीहरु बसेर काम गर्ने एउटै पनि कुर्ची सध्ये छैनन् । सामाजिक विकास शाखा र लेखा शाखा बाहेकका सबै कोठामा क्षति पुगेको छ ।

जिल्ला विकास समिति नुवाकोटको दुई वटा गाडी तोडफोड भएको छ । स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितका अनुसार गेटदेखि तोडफोड गर्दै पसेका आन्दोलनकारीबाट बचेर प्रहरीलाई खवर गर्दा पनि प्रहरीको उपस्थिति ढिलो भएको हो । १५ मिनेटसम्म आन्दोलनकारीले जिविस फुटाइरहँदा पनि प्रहरीले वास्ता नगरेको एलडिओ पण्डितको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment