Comments Add Comment

हिमालय एअरलाइन्सको उडान तालिका संशोधन

Himalaya Airlines A320 Final 810
७ माघ, काठमाडौं । हिमालय एअरलाइन्सले आफनो यात्रुहरुको सेवाको लाग २१ जनवरीदेखि ४ अप्रिल  २०१७ सम्म काठमाडाैं-कोलम्बो-काठमाण्डौ मार्गको नयाँ उडान तालिका पुनः घोषणा गरेको छ ।

नयाँ उडान तालिकाअनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडाैंबाट दिउँसो ४ बजे प्रस्थान गरी साँझ ७ः३० मा बन्दरनायक अन्तराष्ट्रिय विमानस्थल कोलोम्बोमा अवतरण गर्नेछ ।

त्यसैगरी कोलोम्बोबाट उडान सोहि विमान राति ८ः३० समयमा उडेर ११ः४५ मा समय काठमाडौंमा अवतरण गर्नेछ । यस एअरलाइन्सको बिमान साताको दुई दिन मंगलबार र शनिवार उडान गर्दछ, जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमिक्लास सिट क्षमताको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment