Comments Add Comment

संकटासँग हार्‍यो पुलिस, आहा ! रारा गोल्डकपको पहिलो चरणबाटै बाहिर

sankata-vs-police

७ माघ, पोखरा । पाँच पटकको बिजेता नेपाल पुलिस क्लब पोखरामा जारी १५ औं आहा ! रारा गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ । पोखरा रंगशालामा शुक्रबार भएको प्रतिष्पर्धामा पुलिस संकटा क्लबसँग २-१ ले पराजित भएको हो ।

शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा पुलिस संकटासँग स्तब्ध भयो । संकटाको जितमा विश्व अधिकारी र अनिल गुरुङले गोल गरे भने पुलिसका रवि पासवानले गोल गरे ।

खेलको ३५ औं मिनेटमा पुलिसका रवि सिलवालले अप्रत्याशित गोल गरे । डि एरिया नजिक बिपक्षी दुई पक्षबीच बल लिन घम्साघम्सी हुने क्रममा गोल भएको हो । सो गोल रेफ्रीले पनि ठम्याउन नसकेपछि लाईन्स म्यानको संकेत अनुसार रेप|mीले गोलको हृविसेल बजाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको संकटाले दोश्रो हाफमा खेल सुधार्दै नतिजा आफ्नो हातमा पार्‍यो । खेलको ६४ औं मिनेटमा संकटाका विश्व अधिकारीले पि|mकिकलाई सिधै जाली चुमाउँदै संकटालाई कमब्याक गराएका थिए । उनले करीब ३० यार्ड टाढाबाट हानेको एयर बल दोश्रो बार हुँदै सिधै गोलमा परिणत भयो ।

एक-एकको बराबरीमा खेल अन्त्यतिर गइरहेका बेला सप्स्टिच्यूट खेलाडी अनिल गुरुङले निणर्ायक गोल गर्दै संकटालाई जित दिलाए । उनले खेलको ८७ औं मिनेटमा विश्व अधिकारीले प्रहार गरेको बल किपरबाट रिबाउण्ड भएको बललाई सजिलै जाली चुमाएका हुन् ।

शुक्रबारको खेलमा पि|mकिकलाई सिधै गोलमा परिणत गरेर संकटालाई कमब्याक गराउने विश्व अधिकारी म्यान अफ दी म्याच घोषित भए ।

पुलिसका प्रशिक्षक कुमार कट्वालले आफ्ना खेलाडीले खेल्नै नसकेको बताए । उनले आफ्नो टीम पछिल्लो क्रममा खस्कदै गएको र भनेजस्तो खेलाडी पनि नभएका कारण पराजित हुनुपरेको बताए ।

प्रतियोगिता अन्तर्गत शनिबारदेखि क्वाटरफाईनलका खेलहरु सुरु हुनेछन् । क्वाटरफाइनलको पहिलो खेलमा आयोजक सहारा र भारतको सिक्किम युनाईटेड फुटवल क्लव प्रतिष्पर्धामा उत्रिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment