Comments Add Comment

फेरि विमानस्थलबाट सुनसहित बंगलादेशी नागरिक प्रहरीको नियन्त्रणमा

gold-2८ माघ, काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको हो । उनले आफूसँग साढे दुइ किलो सुन भएको बताए पनि भन्सार कार्यालयका कर्मचारीले खानतलासी गर्दा एक किलो दुई सय ग्राम मात्र फेला परेको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

जाँचक्रममा एक किलो दुई सय ग्राम मात्र भेटिएकाले थप अनुसन्धान भईरहेको भन्सार कार्यालयका एक कर्मचारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment