Comments Add Comment

पूर्वआयुक्तहरुद्वारा एक वर्षभित्र तीनवटै निर्वाचन गर्न दबाव

nirbachan-aayog८ माघ, काठमाडौं । स्वस्फूर्त रूपमा संगठित भएका समाजका प्रबुद्ध व्यक्तिको भेलाले आगामी माघ ७ भित्र तीनवटै तहको निर्वाचन सम्भव रहेको भन्दै सरकार र दललाई दबाब दिने निष्कर्ष निकालेका छन्।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र नीलकण्ठ उप्रेती, पूर्वन्यायाधीश कृष्णजंग रायमाझी र टोपबहादुर सिंह, पूर्वसचिव कृष्ण पोखरेल, संविधानका जानकार नीलाम्बर आचार्यलगायत व्यक्तिले शुक्रबार राजधानीमा भेला गरी तीनै तहको निर्वाचन नभए संवैधानिक र राजनीतिक संकट निम्तिने भन्दै सरकार र दललाई खबरदारी गरेका छन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानसभाबाट बनेको संविधान मूल्यवान् भएको उल्लेख गर्दै मुलुकलाई निकास दिनुपर्ने बताए।  संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको तर्क गर्दै श्रेष्ठले संविधान धेरै महत्वाकांक्षी र जटिल भएकाे बताए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले समयका हिसाबले एक वर्ष भए पनि निर्वाचनका दृष्टिकोणले १० महिनामात्र बाँकी रहेको भन्दै सरकार र दललाई दबाब दिने बेला आएको बताए। दलहरूले संसद्को म्याद थप्ने सोचाइ बनाएको भए त्यो मुलुकका लागि दुर्भाग्य हुने दाबी उनले गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment