Comments Add Comment

विरोधकाबीच ट्रम्पको शपथः अमेरिकीलाई एकजुट बनाउने प्रतिवद्धता

trump-sapath८ माघ, काठमाडौं । विपक्षीहरुको विरोधका बीच नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राति एक भब्य समहोरहबीच ट्रम्पले प्रधानन्यायाधीश जोन रोबर्टबाट ४५ औं अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गरेका थिए ।

नेपाली समयअनुसार राति पौने ११ बजे शपथ लिएलगत्तै उनले पदभार सम्हालेका छन् । शपथ लिनुअघि उनले करिब २० मिनेट भाषण गरेका थिए । भाषणमा उनले अमेरिकालाई एकजुट बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

लाखौं अमेरिकी सहभागी शपथग्रहण समारोहमा अघिल्लो राष्ट्रपति बाराक ओबामा दम्पतीसँगै अमेरिकाका पूर्वराष्ट्रपतिहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment