Comments Add Comment

दुई वर्षको छोरालाई टेपले भित्तामा टाँसेर फेसबुकमा लाइभ

vedio-liveएउटी आमाले आफ्नो दुई वर्षको छोरालाई टेपले भित्तामा टाँसेर फेसबुकमा लाइभ भिडियो देखाइकी छन् । छोरालाई चकचक गर्नबाट रोक्न यो विधि अपनाएको उनको भनाई छ ।

अमेरिकाको ओहियोमा बस्ने १८ वर्षकी सायला रुडोल्फले आफ्नै छोरामाथि यस्तो क्रुरता देखाएकी हुन् । उनले सेतो प्याकिङ टेपले आफ्नो छोराको मुख टालिदिएकी थिइन् र शरीरमा पनि टेप लगाएर १५ मिनेटसम्म भित्तामा टाँसेकी थिइन् ।

नयाँ वर्षको दिन यो सबै दृष्य फेसबुकबाट लाइभ गरेर उनले दुनियाँलाई आफ्नो करामत देखाइन् । छोरालाई कोठामा धेरै उछलकुद गर्नबाट रोक्न यो राम्रो उपाय भएको उनले लाइभ भिडियोमा भनेकी छन् ।

भिडियोमा उनको बच्चा पीडाले रोइरहेको सुनिन्छ । उनी बच्चालाई हेर्दै भन्छिन्, ‘तिमीसँग संसारकै सर्वोत्कृष्ट आमा छिन् ।’ फेरि क्यामरातर्फ हेरेर भन्छिन्, ‘के तपाईंको बच्चाले पनि चकचक गरेर घर सफा गर्न दिएको छैन ? त्यसोभए उसलाई टेपले भित्तामा टाँसेर राख्नुस् । के तपाईंको बच्चा यताउति कुदेर तपाईंलाई खाना पकाउन दिँदैन ? त्यसोभए उसलाई टेपले भित्तामा टाँसेर राख्नुस् ।’

त्यसपछि उनी छोरालाई सम्झाउँछिन्, ‘मेरो अरु धेरै टेप खर्च नगराउ । हलचल नगरी बस । त्यहाँबाट तिमी टिभी हेर्न सक्छौ ।’ डाइपर लगाएको बच्चा पृष्ठभूमिमा निरन्तर रोइरहेको सुनिन्छ ।pitera-vedio-live

फेसबुकमा यो दृष्य हेर्नेहरुले सामाजिक कल्याण विभागको ध्यानाकर्षण गराएका थिए । घटनाको पाँच दिनपछि सामाजिक कल्याणका अधिकारीहरु रुडोल्फको घरमा आए । ती अधिकारीहरुसँग उनले सुरुमा यो एउटा जोक मात्रै भएको बताइन् । पछि उनले बच्चालाई आफूले जे सजायँ पनि दिनसक्ने तर्क गरिन् । उनले भनिन्, ‘मेरो बच्चालाई म जे पनि गर्न सक्छु । उल्टो झुन्ड्याएर पिट्न पनि सक्छु । अरुलाई के मतलब ?’

डोल्फलाई तेस्रो डिग्रीको ‘महाअपराध’ गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । उनको छोरालाई फ्रयाकलिन काउन्टी चिल्ड्रेन सर्भिसेजको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment