Comments Add Comment

सफलताको कथाः विश्वका छैठौं धनी बने फेसबुकका जन्मदाता

मार्क जुबरबर्ग ३२ वर्षमा विश्वको कान्छो अर्बपति बन्न सफल

mar-kzuckerb-1

 

 

 

८ माघ काठमाडौं । फेसबुकविनाको दैनिकी अब वयस्क युवायुवती र गृहणीलाई समेत खल्लो लाग्न थालेको छ । किशोर किशोरी र वयस्क युवायुवतीहरुलाई त फेसबुकले धेरै नै गाँजेको छ । अर्धवस्यकहरु पनि अहिले बिस्तारै यसको लतमा फस्न थालेका छन् ।

फेसबुक र यसका जन्मदाता मार्क जुबरबर्ग जन्मेको धेरै वर्ष बितेको छैन । तर, कम उमेरमै फेसबुक र यसका संस्थापक दुबै धनी भइसकेका छन् ।

पहिले फेसबुकको कथा

उनले आफ्ना साथीभाइहरुसति मिलेर सोसल नेटवर्किङ साइट खोल्ने योजना बनाए । किन बनाए त आखिर यस्तो योजना ?

जुबरबर्गले हारवर्ड विश्विद्यालयका साथीभाइहरु सबैलाई एउटा सोसल साइटमा आवद्ध गर्न चाहन्थे । हारवर्ड विश्विद्यालयका साथीभाईहरु सबै आवद्ध गर्ने उनको चाहनाले नै अहिलेको फेसबुकको जन्म भएको हो ।mar-kzuckerb-3

साथीहरु यदुआर्दाे सेइरन, एन्ड्रीउ म्याकोलुम , डस्टीन मोस्कोभिज र क्रिस हिउगेचसँग मिलेर उनले फेसबुकको बिकास गरेका हुन् । उनले यो प्रोग्रामलाई हारवर्ड विश्वविद्यालयमा नै लञ्च गरे । सुरुमा हारवर्डका विद्यार्थीहरुलाई मात्रै लक्षित गरिएको भए पनि यो धेरैको रोजाइमा पर्न थाल्यो ।

पछिल्ला दिनहरुमा जुकरबर्गको समूहले अन्य कलेजहरुमा पनि यो लञ्च गर्ने योजना बनायो ।

फेसबुकले एकाएक चर्चा कमाउन थालेपछि यो विश्वविद्यालयका विद्यार्थीमा मात्रै सीमित रहेन । र, अन्य प्रयोगकर्ताहरु पनि यसमा आवद्ध हुन थाले ।

जुबरबर्गको कथाः १२ वर्षको उमेरमै प्रोगाम निर्माण

फेसबुकका सहसंस्थापक मार्क जुकरबर्ग १४ मे १९८४ मा हृवाइट प्लेनन्समा जन्मेका हुन् । शिक्षित परिवारमा जन्मेका जुकरबर्गलाई सानैदेखि कम्प्युटर प्रोगामिङमा बिशेष रुचि थियो ।
१२ वर्षको उमेरमा नै उनले सन्देश पठाउन मिल्ने र म्यासेज गर्न मिल्ने जुकेट प्रोग्रामको निर्माण गरेका थिए ।

स्नातकोत्तर गरेपछि जुकरबर्ग हारवर्ड विश्वविद्यालयमा भर्ना भए । विश्वभरका बुद्धिजीवीहरुको आकर्षणको केन्द्र हारवर्ड विश्वविद्यालयमा पनि उनलाई नाम कमाउन धेरै समय नै लागेन । किनकि विश्वविद्यालयका सुरुका वर्षहरुमा नै उनले विभिन्न प्रोगाम बनाएका थिए

उनले यो प्रोग्राम आफ्नो बुवाको कार्यालयमा प्रयोग गर्न मिल्ने गरी बनाएका हुन् । यसरी १२ वर्षको उमेरमा नै प्रोग्राम बनाएर चकित बनाएपछि उनका बाबुआमाले जुकरबर्गलाई कम्प्युटर प्रोगामिङ पढाउने योजना बनाए ।

स्नातकोत्तर गरेपछि जुकरबर्ग हारवर्ड विश्वविद्यालयमा भर्ना भए । विश्वभरका बुद्धिजीवीहरुको आकर्षणको केन्द्र हारवर्ड विश्वविद्यालयमा पनि उनलाई नाम कमाउन धेरै समय नै लागेन । किनकि विश्वविद्यालयका सुरुका वर्षहरुमा नै उनले विभिन्न प्रोगाम बनाएका थिए ।

अध्ययनको सुरुमा उनले कोर्ष मार्च र फेसमास कम्प्युटर प्रोगाम बनाए । यी दुबै प्रोगाम निकै प्रचलित भए । तर, असुहाउँदो प्रोगाम भनेर विश्वविद्यालयले यसको सञ्चालन नै बन्द गराइदियो ।

चर्चासँगै विवाद पनि

फेसबुकले चर्चा कमाउँदै गर्दा यसका सह-संस्थापक जुकरबर्ग केही समय विवादित पनि बन्न पुगे । फेसबुकको बिकासका क्रममा संलग्न विभिन्न ग्रुपहरुले पनि यसको सेयर माग गरे । तर, उनी सेयर दिन राजी भएनन् ।

mar-kzuckerb-2

सन् २००४ मा उनले फेसबुकलाई लञ्च गरेका थिए । सन् २००४ मा नै उनको साइटमा १० लाख मानिसहरु आवद्ध भए ।

एक वर्षमा नै १० लाख मानिस फेसबुकमा आवद्ध भएपछि धेरै व्यवसायीहरुमा यसको आकर्षण बढ्यो । उनीहरु लगानीका कुरा लागेर जुकरबर्गसम्म पुग्न थाले ।

यसैवीच फेसबुकमा एकेलको लगानी आयो । एकेलले सो समयमा १२.७ मिलियन अमेरीकी डलर बराबरको लगानी गरेको थियो ।

सन् २००५ मा फेसबुक विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरुका लागि पनि खुला भयो । सन् २००५ मा नै फेसबुकका ५५ लाख मानिसहरु प्रयोगकर्ता भइसकेका थिए । सन् २००५ देखि फेसबुकका मालिक जुकरबर्गलाई विभिन्न अफरहरु आउन थाले ।

याहु र माइक्रोसफ्टले उनको फेसबुक खरिद गर्ने अफर गरे । तर, जुकरबर्गले बेच्न चाहेनन् ।

सन् २०१५ मा यसका २ अर्ब प्रयोगकर्ता पुगेका छन् । यसको सदस्य बन्ने क्रम दिनदिनै बढेको छ ।

विश्वकै छैठौंं धनी बन्न सफल

फोब्र्सका अनुसार जुबरबर्गको सम्पत्ति अहिले ४४.६ बिलियन छ । उनी ३२ वर्षको उमेरमै अर्बपति भएका छन् । यति मात्रै होइन, विश्वका धनी व्यक्तिहरुको सुचीमा उनको नाम छैठांै स्थानमा आउँछ ।mar-kzuckerb-1

विश्वका ८ ठूला धनीहरुमा उनी सबैभन्दा कान्छा अर्बपति हुन् । जुकरबर्ग अहिले ३२ वर्षका भएका छन् । उनी बिबाहित हुन् । उनी एक बच्चाका बाबु भइसकेका छन् ।

सन् २०१० मा उनलाई टाइम म्यागेजिनले विश्वका १ सय धनी तथा प्रभावशाली व्यक्तिहरुको सूचिमा राखेको थियो । अहिले फोब्र्सले भने विश्वका धनीहरुको सूचीमा छैठौं स्थानमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment