Comments Add Comment

सैफकी छोरी र अनिल कपुरका छोरा अँध्यारोमा सँगै, के पाक्दैछ ?

sara-and-anil-sonबलिउड अभिनेता सैफ अली खानकी पहिली पत्नी अमृता सिंहतर्फकी छोरी सारा अली खान तरुनी भइसकेकी छिन् । उनको विषयमा भारतीय मिडियाहरुले निकै चर्चा गरिरहन्छन् ।

बलिउडमा इन्ट्री गर्न तयार भएर बसेकी सारा अहिले आफ्ना बाबु सौतेनी आमा करिना कपुरसँग अभिनय सिक्दैछिन् । यही भएर उनलाई धेरैजसो करिना कपुरको घरमा देख्न सकिन्छ ।

बिहिबारको रात सारालाई करिनाको घरबाट निस्किदै गरेको देखियो । तर उनी एक्लै थिइनन् । त्यो अँध्यारोमा उनको साथमा थिए अभिनेता अनिल कपुरका छोरा हर्षवर्धन । त्यो दृष्यबाट उनीहरुबीच के पाकिरहेको छ भनेर विभिन्न अड्कल काट्न थालिएको छ ।

दुवै जना घरबाट बाहिर निस्केर एउटै गाडीमा चढ्दा मिडियाका क्यामराको निशानामा परेका थिए । सारा कालो लुगामा सँधै झैं हट एन्ड सेक्सी देखिएकी थिइन् । यो जोडीभन्दा पछाडि सैफकी बहिनी सोहा अली खान र ज्वाई कुणाल खेमू पनि करीनाको घरबाट निस्किइरहेका देखिए ।

बलिउडमा इन्ट्रीको लागि सारालाई के मिलिरहेको छैन, छैन । केही समय पहिले उनी शाहिद कपुरका सौतेनी भाई ईशान खट्टरसँगै डेब्यू गर्ने चर्चा चलेको थियो ।

त्यो चर्चा मत्थर शाहरुखको छोरा आर्यनसँग जोडी बनेर आउन लागेको खबर आयो । तर अहिलेसम्म यो पनि पुष्टि भएको छैन । हर्षवर्द्धनसँग एक साथ देखिनुले कतै यो जोडी सँगै काम गर्ने तयारीमा पो छ कि भन्ने पनि अनुमान गरिएको छ । हर्षवर्धनले मिर्जिया फिल्ममार्फत बलिउडमा डेब्यू गरिसकेका छन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment