Comments Add Comment

विवाहपछि पनि अफेयरमा रमाए यी कलाकार

मुम्बई । कुनै वेला क्रिकेटर युवराज सिंहसँगको अफेयरले चर्चामा रहेकी किम शर्माले अहिले आफ्नै श्रीमानलाई चिटिङ गरेको खबर छ । अहिले एक फेसन डिजाईनरसँग डेटिङमा रमाएकी किमको सम्बन्ध अब कोसँग स्थापित हुने हो अहिल्यै भन्न सकिन्न ।

बलिउडमा विबाहित पुरुष वा महिला अफेयरमा रमाएको खबर नयाँ होइन । विवाह गरेर पनि घर बाहिरको अफेयरमा रमाउनेहरुको सूची खोज्दै जाने हो भने लामै सूची तयार हुन्छ ।

akachya-and-rabina

अक्षयकुमार-रबिना टण्डन
 अक्षयकुमार र रबिना टण्डनको सम्बन्धले बलिउडमा एकसमय राम्रै चर्चा पाएको थियो । यतिसम्म कि दुबैले गुपचुप बिहे गरे भन्ने सम्मको समाचार आयो ।

अर्कि नायिका प्रियंका चोपडासँग पनि अक्षयको रोमान्सको खबरले राम्रै स्थान पायो एकसमय । प्रियंकासँगको सम्बन्धवारे श्रीमति ट्वीङ्कल खन्ना समेत रिसाएकी थिइन् । एकसमय शिल्पा शेट्ठीसँग पनि अक्षयको हिमचिम निकै थियो ।

srk-and-kajol

शाहरुख खान-काजोल

फिल्ममा आउनुअघि नै गौरीसँग प्रेमविवाह गरेका थिए शाहरुख खानले । तर, ‘दिलवाले दुल्हनिया ले जाएँगे’ मा काम गरेपछि शाहरुखको नाम काजोलसँग जोडियो । तर, काजोलले अजय देबगणसँग विवाह गरेपछि एउटा विवाद अन्त्य भयो । प्रियंका चोपडासँग पनि शाहरुखको नाम जोडिएको थियो ।

kangana and hritik

ऋतिक रोशन-कंगना

ऋतिक रोशनको विवाह सुजैन खानसँग भएको थियो । विवाहको १३ वर्षपछि छुटि्टएका सुजैन र ऋतिक अहिले सिंगल छन् ।  ऋतिकको नाम करिना कपुर, जरिन खान हुँदै कंगना रनौतसँग समेत जोडिएको थियो ।

karishma-ajay

अजय देबगण-करिष्मा कपुर

काजोलसँग विवाह गरेपछि खुसी रहेका अजय देबगण पनि अफेयरवाट मुक्त भएनन् । कुनै वेला उनको नाम करिष्मा कपुरसँग जोडिएको थियो भने कंगना रनौतसँग पनि उनको नाम जोडिएको थियो । -एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment