Comments Add Comment

प्रियंकालाई दोस्रो पटक पिपुल्स च्वाईस अवार्ड

priyanka chopra hotमुम्बई । भारतीय अभिनेत्री प्रियंका चोपडाले ग्रेज एन्टामीकी अभिनेत्री एलेन पोम्पिओ र वियोला डेविजलाइ पछाडी पार्दै सन २०१७ को पिपुल्स च्वाईस अवार्ड जित्न सफल भएकी छिन् ।

अमेरिकी टिभी सिरियल क्वान्टिकोका लागि उनले दोस्रो पटक अवार्ड पाएकी हुन् । उक्त अवार्डका लागि क्यारी वासिङटन र ताराजी पी हेनसन पनि मनोनयनमा परेका थिए ।

यो अवार्डले आफुलाई अघि बढ्ने प्रेरणा मिलेको भन्दै यो अवार्ड पाउनुमा सिरियल निर्माणमा संलग्न सबैको भुमिका अहं भएको प्रतिक्रिया दिइन् । पछिल्लो समय हलिउड फिल्ममा ब्यस्त प्रियंका पुनः बलिउडमा काम गर्ने योजनामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment