Comments Add Comment

बाग्मती किनारको विरुवा उखेलिँदा लीलामणि मर्माहत, मुख्यसचिवलाई लेखे खुला पत्र

Lilamani-Paudel

८ काठमाडौं, माघ । बाग्मती सरसफाइ अभियानको अगुवाई गरेका पूर्व मुख्यसचिव लीलामणि पौडेल अहिले बेइजिङमा छन् । चीनका लागि नेेपाली राजदूत बनेर बेइजिङ पुगेपछि उनी यो अभियानमा प्रत्यक्ष सहभागी हुन पाएका छैनन् ।

तर, बेइजिङमा रहँदा उनले बाग्मती किनारमा रोकिएको विरुवा उखेलिएको सुने । यसले आफू मर्माहत भएको भन्दै मुख्यसचिव सोमलाल सुवेदीलाई समाजिक सञ्जाल फेसबुकमार्फत खुलापत्र नै लेखेका छन् ।

उनले लेखेको स्टाटसः

मुख्यसचिव श्रीसोमलाल सुवेदीलार्इ हार्दिक अनुरोध !

विगत तीन वर्षदेखि निरन्तर सरसफाइमा संलग्न स्थानीय समुदायले आफ्नो रगतपसिना बगाएर रोपेका र आफ्ना सन्तान जसरी माया गरी हुर्काएका विरूवा बागमती संरक्षणका नाममा रातीमा उखेलेको समाचारले मलार्इ मर्माहत बनाएको छ। समाचारबाट यस्तो काम परियोजनाको नाममा भएको छ भन्ने आँकलन गर्न सकिन्छ।

पुडासैनी मैत्री समाजको नेतृत्वमा गुह्येश्वरी माथि बागमतीमा भएको सरसफार्इको काम समाज सेवाको सर्वोत्कृष्ट नमुना हो । उनीहरूको निस्वार्थ सेवालार्इ कुनै मुल्यमा नाप्न सकिदैन। स्वयम्सेवाको त्यस्तो उत्कृष्ट काम नष्ट गरेर यो कस्तो संरक्षण गर्न खोजिएको हो मैले बुझिन? शहरी विकास मन्त्रालय र अन्यत्रका बैठक तथा समारोहमा परियोजनाको कुरा उठ्नासाथ स्थानीय प्रयासलार्इ स्थानीय कै संलग्नतामा स्थानीय श्रोतको प्रयोग गरेर नदी संरक्षण गर्न र स्थानीयले गर्ने काम ठेक्का नलगाउन पदमै छँदा र त्यसपछि पनि मैले जोडदार आवाज उठाइरहेको स्मरण गराउँदै उपर्युक्त काम तत्काल रोक्न आदेश दिनुहोस् भन्ने आग्रह गर्दछु ।

काम कसरी हुंदैछ भन्ने बारेमा परियोजना कहिलै पारदर्शी भएन । शंका कै भरमा सरकारी अधिकारीलार्इ पटकपटक स्थानीयले गर्नेकाममा महँगा कन्सल्ट्यान्ट नलगाउन मैले सार्वजनिक आग्रह गरेको र पछिल्लो मलार्इ विदार्इ गर्ने कार्यक्रममा प्रमुख अतिथि माननीय शहरी विकास मन्त्रीज्यूलार्इ समुदायको कामको संरक्षण गरिदिन सार्वजनिक आग्रह गरेको पनि जानकारी गराउँछु ।

बागमती सफार्इ अभियानको नेतृत्व औपचारिक रूपमा लिएर महाअभियानलार्इ निरन्तर गति दिनु भएकोमा एउटा अभियन्ताको नाताले म तपार्इको प्रशंसा गर्दछु । साथै समुदायको अपनत्व र सकृयतामा मात्र महाँअभियानको सफलता र दीगो ब्यवस्थापन हुन्छ भन्ने विश्वास गर्ने थोरै निजामती कर्मचारीमा तपार्इं पनि पर्नुहुन्छ भन्नेमा मलार्इ दुविधा छैन । तपार्इंलार्इ मैले टेलिफोनमा यो कुरा भन्न सक्थें अथवा छुट्टै पत्र लेख्न सक्थें । तर स्वयम्सेवी सबैको उत्प्रेरणा नमरोस् भनेर समुदायको आत्मबल बढाउन मैले यो बाटो रोजेकोमा तपार्इंले अन्यथा लिनुहुने छैन भन्ने ठान्छु ।

परियोजनाले समुदायको कामको कदर गर्नै पर्छ । विरूवा आफुखुसी रोपिएका पनि होइनन् । बागमती सभ्यता एकीकृत विकास समितिकै स्वीकृतिमा वन मन्त्रालयको प्राविधिक सहयोगमा विरूवा रोपिएका हुन् । अहिले हुर्किसकेका विरूवा उंखेलेर फेरि नयाँ विरूवा हुर्काउन तीनचार वर्ष लाग्छ र खर्च पनि । समुदायको सहयोग जुटेन भने रोपेका विरूवा कस्ले संरक्षण गरिदिन्छ ?

समुदायको स्वस्फुर्त अभुतपुर्व सहभागिताको यति ठाडो अवमूल्यन भएपछि अब कहाँको कुन समुदायलार्इ बागमती सभ्यतमको संरक्षणमा लगाउने ? तपार्इंको सार्थक हस्तक्षेपको प्रतिक्षामा छु । तपार्इंको मुख्यसचिवको कार्यकालको सफलताको शुभकामना !

लीलामणि पौड्याल
बागमती सरसफार्इ अभियन्ता
बेइजिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment