Comments Add Comment

केपी ओलीले दिए सरकार ढाल्ने चेतावनी

kp-oli-jhalnath-khanal-and-madhav-kumar-nepal-16

८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनमा नगए सरकारलाई टिपेर फाल्ने चेतावनी दिएकमा छन् ।

शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई निर्वाचन गराउने कि नगराउने भनेर प्रश्न गरेका छन् । ‘कुनै चलाखीको काम छैन । सोझो कुरा गर्नुस्, चुनाव गराउने हो कि होइन ?’ उनले अघि भने, ‘चुनाव नगराउने भए तत्काल छाड्नुस् । छोड्न गाह्रो लाग्छ भने हामी टिपेर परतिर राख्छौं ।’

निर्वाचन गराउनुपर्ने सरकारले ६ महिनासम्म सिन्को नभाँचेको भन्दै उनले २०७४ मंसीर दोस्रो साताभित्र तीनै तहको निर्वाचन गराउन तयार नभए सरकार हटाउन आफूहरु बाध्य हुने बताए ।

उनले मुलुकलाई नोक्सान हुने कुनै पनि खालको गतिविधि हुन नदिने बताए । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई वृष वृक्ष भन्दै उनले त्यसलाई कुनै हालतमा हुर्कन नदिन आफनो पार्टी प्रतिवद्ध रहेको बताए ।

एमाले अध्यक्ष ओलीले मुलुकलाई नोक्सान पुर्‍याउन विभिन्न गतिविधि भइरहे पनि त्यसलाई रोक्न आफनो पार्टी सफल हुने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment