Comments Add Comment

लिभरपुल एन्फिल्डमै हार्‍यो, उपाधि होडमा धक्का

liverpool-vs-swansea

८ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा स्वान्सीले लिभरपुलको उपाधि होडमा धक्का दिएको छ ।

शनिबार भएको खेलमा स्वान्सीले लिभरपुलमाथि ३-२ को महत्वपूर्ण जित हात पारेको हो । एन्फिल्डमा पहिलो जित हात पारेको स्वान्सी रेलिगेशन जोनबाट समेत माथि उक्लिएको छ ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा नै लोरेन्टेको गोलबाट अग्रता लिएको थियो । चार मिनेटपछि नै उनले टिमको अग्रता दोब्बर पारे ।

५५ औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने संकेत दिए । ६९ औं मिनेटमा उनले नै दोस्रो गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्‍याए ।
तर, ७४ औं मिनेटमा सिगुड्सनले गोल गरे र, स्वान्सीले लिभरपुलमाथि ३-२ को जित हात पारेको छ ।

हारपछि लिभरपुल लिगलिडर चेल्सीभन्दा ७ अंकले पछि पारेको छ । लिभरपुलको २२ खेलबाट ४५ अंकका साथ तेस्रो स्थानमा छ र चेल्सीको ५२ अंक छ र एक खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment