Comments Add Comment

नानीमैया जस्तै डोनाल्ड ट्रम्पः यी हुन् जितका ५ कारण !

ट्रम्पको उदय कसरी सम्भव भयो ?

donald-trumpसन् २०१५ को डिसेम्बरतिरको कुरा हो । साथीभाइहरू बगेराको डिनर पार्टीका लागि भर्जिनियामा जम्मा भएका थियौं  । प्रसङ्ग उठ्यो अमेरिकी रास्ट्रपतिको निर्वाचनको ।

 

नेपालीहरु अमेरिकामा शायद ८०-२० प्रतिशतले डेमोक्रेटिक पार्टीतिर झुकाब राख्छन होला, अनेकन कारणले हुन सक्छ, तर विशेष चाहीँ दुर्इ पार्टीको आप्रवाशन नीतिले गर्दा हो ।  सरसर्ती बुझ्दा भारतीय-अमेरिकीहरुको पनि त्यस्तै झुकाब छ । रिपब्लिकन पार्टीको शक्तिको स्रोत स्वेत अमेरिका हो । डमोक्रेटिक पार्टीको चाहीँ अरु बाँकी ।

त्यतिबेला पहिलो प्राथमिक चुनाव हुन बाँकी नै थियो । तर डोनाल्ड ट्रम्प जल्दोबल्दो देखिन्थे। प्रत्येक कुरामा उनको नाम छिरिहाल्थ्यो ।

यो त नानीमैया दाहाल हो, यसले त पड्काउँछ, भन्दै थिए एक मित्र । गललल हास्यौं हामी सबै । नानीमैया दाहाल राष्ट्रिय पञ्चायतको चुनावमा अप्रत्यासित तरिकाले धेरै योग्य व्यक्तिहरुलाई पछार्दै जितेकी थिइन् ।

अनि हामीले केलाउन थाल्यौं अमेरिकाको सिस्टम, शिक्षित जनता, हिलारीको योग्यता आदि ।अमेरिकी इतिहासमा अहिले सम्म सबैभन्दा अनुभवी र योग्य उम्मेदवार हिलारी क्लिन्टन  थिइन् भने सरकार वा सार्वजनिक कुनै पनि काम नगरेको र मनपरी जे मुखमा आयो, त्यही बोल्ने डोनाल्ड ट्रम्प ।

तराजु नै भिन्दै चाहिने । एउटैमा नाप्न नै नसकिने, एउटा राजनैतिक किलोग्राममा जोख्न मिल्ने अर्कोको जोख्ने अमेरिकी राजनैतिक मेट्रिक्सको अस्वीस्कार हुन नै बाँकी ।

हाहाहा अट्टाहासले त्यो राति गुन्जियो ।

तीन राज्य, जुन रास्ट्रपतिको चुनाबमा पछिल्लो २४ वर्ष डेमोक्रेटिक पंक्तिको प्रतिस्पर्धिक तर भरपर्दो राज्यहरु थिए,कसरी पल्टे त ?  के ट्रम्प साँच्चिकै नानीमैया दाहालका अमेरिकी अवतार हुन् त ?

आखिर ४६.१% अमेरिकी मतदाताहरु हाँसेका रैनछन् । यी त सार्है रिसाएका रहेछन् । हो, हुन सक्छ एफबीआइ निर्देशक जेम्स कोमीको चुनावको सन्ध्यामा गरेको सनसनी पूर्ण भागीदारी, रुसीले गरेको बर्षौ लामो साइबर प्रहार निर्णायक भयो होला, तर सतह मुनि बुल्बुलेको आगो ट्रम्पले राम्रो बुझेका थिए र त्यो आगोको झिल्कालाई दन्काए ।

त्यसो त करौडौं खसेको भोटमा हिलारीले देशभरि करिब ३० लाख बढी भोट ल्याए पनि अमेरिकन इलेकटोरल कलेजमा राज्यहरुको पूर्व निर्धारित मतसंख्या अनुसार राज्यहरुको मत गणनाबाट जसले २७० इलेक्टोरल भोट पुराउँछ उसैले चुनाब जित्छ, राष्ट्रभरिको बहुमतको मतलब हुँदैन । अमेरिकी संस्थापक पिताहरुले झिनो बस्ती भएको ग्रामीण भूभागलाई घना बस्ती भएको शहरी क्षेत्रले नपेलोस् भनेर यो प्रणाली अपनाएका थिए । तर, आज आएर उल्टो हुन गएको छ । वायोमिंगको एक भोट क्यालिफोर्निया को ४ भोट बराबर हुन पुगेको छ ।

तीन राज्य जुन निर्णायक हुन पुग्यो तीनमा करिब १.१ करोड भोट खसेको थियो जसमा ट्रम्पले मिसिगनमा ११ , विस्कनसिनमा २३  र पेन्सिलभेनियामा ४४  हजारको मत भिन्नताले जिते र रास्ट्रपति हुन पुगे ।

यी तीन राज्य, जुन रास्ट्रपतिको चुनाबमा पछिल्लो २४ वर्ष डेमोक्रेटिक पंक्तिको प्रतिस्पर्धिक तर भरपर्दो राज्यहरु थिए,कसरी पल्टे त ?  के ट्रम्प साँच्चिकै नानीमैया दाहालका अमेरिकी अवतार हुन् त ?

गहिरो विश्लेषणमा ट्रम्पले जित्नुमा पाँच कारक देखिछन्– बदलिँदो डेमोग्रफिक्स, हराउँदै गएको विनिर्माण उद्योग, धनको असमानता, मत दमन र जेम्स कोमी ।

यी सबैको समिश्रण र ट्रम्पको संदेश एकात्मत भएर अविश्वसनीय चुनावको निर्णय हुन गयो ।

बदलिँदो डेमोग्राफिक्स

२०१२ को चुनावमा ओबामाले जितेपछि रिपब्लिकन पार्टीले नतिजा चिरफार गरेर अब अर्को चुनाब कसरी जित्ने भनेर पार्टी नेत्रृत्वलाई प्रतिवेदन प्रस्तूत गरेको थियो । त्यसको मूल मान्यता के थियो भने आइन्दा जबसम्म पार्टीले अल्पसंख्यक वर्गको बढी हिस्सा लिन सक्दैन, राष्ट्रपतिको चुनाब जित्न असम्भव छ, कारण महिला र अस्वेत अमेरिकन वर्ग छिटै स्वेत पुरुषभन्दा बढी हुनेछ्न् ।
barak-obama6

६० को दशकमा श्याम अमेरिकनहरु नागरिक र मत आधिकारका कारण रिपब्लिकन पार्टी त्यागेर डेमोक्रेटिक पार्टीमा लागे र लगत्तै रिपब्लिकन पार्टीले अपरिवर्तनवादी अनुदारपन्थी विचारधारा अपनाउन शुरु गर्यो । यसको फलको भागिदार निक्सन, रेगन, गिन्ग्रिच आदि थिए । ओबामा युग आउन्जेल त्यो फर्मुला नचल्ने देखिन थाल्यो । तर, यसपटक अरु वर्गको तुलनामा ओबामा र बहुसंस्कृतिको प्रतिकार गर्दै स्वेत अमेरिकनले अत्यधिक मत हाले र अल्पसंख्यक वर्ग एवम युवाको अलिकति उदास मतदान भयो, जुन ती तीन राज्य जित्नका लागि ट्रम्पलार्इ काफी हुन गयो । ग्रामीण भूभागमा अत्याधिक स्वेत अमेरिकनको जनगणना छ ।

हराउँदै गएको विनिर्माण उद्योग

उत्तर पूर्बी र मध्य पश्चिमका राज्यहरु जुन रस्ट बेल्ट भनेर चिनिन्छ । करिब एक दशकदेखि स्वचालन, निर्वाध व्यापार र भूमंडलीकरणले गर्दा विनिर्माण उद्योग र त्यसमा काम गर्ने  घटदो युनियन कामदारका जागिर हराउँदै गयो र आर्जन शक्ति घट्दै गयो । यो व्यग्रता कम अल्प शिक्षित स्वेत अमेरिकनका लागि बढी महसुस भयो । मोटरगाडी र भारी उद्योग भू-मंडलीय मूल्य प्रतिष्पर्धाले गर्दा अमेरिका बाहिर सस्तो मुलुकमा उत्पादन बढ्न थाल्यो ।

नाफ्टा सम्झौता, जुनले उत्तर अमेरिकाभरि फ्री ट्रेड सुरु गर्यो, त्यसलाई यी कामदारहरुले धिक्कार्न थाले र जब ट्रम्पले काम र उद्योग वापस ल्याइदिन्छु, व्यापार सम्झौता रद्द गरिदिन्छु भनेर बाचा गरे, मर्कामा परेका यी कामदारहरु ट्रम्प प्रति आकर्षित भए ।donald-trump-and-hillary-clinton

धनको असमानता

वास्तविकता त यो हो कि स्वचालन र भूमण्डलीकरण अब उल्टिदैन । अहिलेको युग भनेको ज्ञान कार्यकर्ताको हो । पहिले जस्तो एकपटक डिग्री लियो अनि जिन्दगीका लागि पुग्ने चल्दैन, बारम्बार नयाँ ज्ञान हासिल गर्न जरुरी हुन्छ । सूचना प्रबिधि यस्तो एउटा स्थापना व्यवधान शक्ति हो, जसले जो क्रमागत उन्नति गर्न सक्दैन, त्यसलाई पछारेर अगाडि बढ्छ । ९० को दशकदेखि केही यो नवोन्मेष र ज्ञान कार्यकर्ता वर्गले फड्को मारेको छ ।

जब १९९९ मा १९२० ताकाको ग्लास-स्टीगल ऐन रद्द गरियो, सुपर-बैंक र आर्थिक संस्थाहरुले सट्टाबाजी, संरचनात्मक ब्याज, प्रतिभूतिकरण क्रेडिट गर्न थाले । उपभोक्ता,वाणिज्य, निवेश बैंकहरुको वीचको संरचना हराएर गयो अनि फलस्वरूप अत्यधिक लेभरेज र  जोखिम लगानी हुन थाल्यो । धन हुने धनाढ्य हुँदै गए र हातमुख जोर्ने कामदार खस्किँदै गए ।

आर्थिक संस्थाहरुको चरम नाफाबाजी स्वरूप २००८ मा महान आर्थिक मन्दी भयो र यसको मार लगानीकर्ता वर्ग होइन, उनै कामदार जसको सञ्चयकोष विलीन भयो, तिनलाई पर्यो ।

मन्दीकरण जर्ज बुशको कालमा भए पनि ओबामाको काँधमा पर्यो । त्यसले विरोधमा आर्थिक हुँदै राजनैतिक प्रतिरोध हुन सुरुभयो र टी पार्टी जन्मायो ।

सुरुमा टी पार्टीले आर्थिक घाटाको मुद्दा लिए पनि अंतरकालमा यो ओबामा र संस्थापन प्रतिशोधतिर केन्द्रित हुन थाल्यो  ।

मत दमन

अमेरिकामा प्रत्येक दशक जनगणना हुन्छ र त्यस आधारमा प्रतिनिधि जिल्लाहरु पुनः सीमांकन गरिन्छ ।

टी पार्टीको लहरले २०१० को मध्यावधि चुनावमा रिपब्लिकनहरुले संघीय प्रतिनिधिसभा र धेरै बढी राज्य सभा जिते र जिल्लाहरु यसरी सीमांकन गरे कि २०१२ को चुनावमा डेमोक्रेटिक पार्टीले १२ लाख बढी भोट लेराए पनि जेरिमेंडरिंग गरेर रिपब्लिकनहरुले ३३ सिट बढी जिते ।

२०१६ सम्ममा रिपब्लिकन राज्यहरुले अविद्यमान मतदाता कपट निवारणको नारा लगाई भोट गर्न गार्हो पार्ने नियम लगाउन थाले, जसको ठाडो असर अल्पसंख्यक र युवाहरुमा पर्न गयो ।

२०१६ सम्म रिपब्लिकनको अधीनको १७ राज्यहरुमा मतदान गर्न नयाँ कडाइ लगाइयो। श्याम अमेरिकनहरु घनत्व भएको स्थानहरुमा मतदान केन्द्रको संख्या र राज्यभरि पूर्वमतदानको समय बजेटको कारण देखाएर घटाइयो । यसले गर्दा डेमोक्राटिक मतदाता वर्गमा नकारात्मक प्रभाव पर्न गयो ।

जेम्स कोमी

हिलारीले विदेश मन्त्री २०१२ छोड्ने बेला उनको लोकप्रियता उच्च थियो । उनले यही अवस्थामा रास्ट्रपति चुनाब उठे कसैले हराउन सक्ने अवस्था थिएन । तसर्थ प्रतिनिधि सभामा रिपब्लिकन बहुस्ख्यकले हिलारीको निशाना बनाएर पूछताछका लागि बेन्घाजी समिति खडा गरे ।

hilari-clinton

खोतल्दै जाँदा बेन्घाजीमा केही दोष नभएको ठहर भयो । तर, विदेश मन्त्री हुँदा निजी इमेलबाट कार्य गरेको देखियो । त्यस्तो निजि इमेलबाट रास्ट्रको गोप्यता चुहावट भयो कि भनेर एकपछि अर्को गर्दै अन्तमा एफबीआइले अनुसन्धान सुरु गर्यो । बेकसुर देखिए पनि लापरवाही थियो भनेर जुलाई २०१६ मा एफबीआइ प्रमुख जेम्स कोमीले भने । अनि अनुसन्धान बन्द गरे । जेम्स कोमी एफबीआइ अघि रजिस्टर्ड रिपब्लिकन थिए।

पछिल्लो अमेरिकी सरकारको रिपोर्ट अनुसार रुसी एजेन्सी एफ यस बि र जी आर यु, हिलारी र डेमोक्रेटिक पार्टी बिरुद्ध र ट्रम्पको समर्थनमा हानिकारक साइबर अतिक्रमण र इमेल ह्याक गरे । खासै नराम्रो कुरा केही नदेखे पनि यसले इमेल र जालसाजी समाचारले भ्रस्ट हिलारी भन्ने हेडलाइनमा राख्यो ।

यही परिप्रेक्ष्यमा जब जेम्स कोमीले चुनाबको ११ दिन अगाडि, जुन समय अभिमत अनुरुप हिलारी ५ प्रतिशत अगाडि थिइन्, प्रतिनिधि सभालाई अभुतपूर्व अनुसन्धान पुनः सुरुवात गर्न लागेको खबर दिए, त्यसले ट्रम्पले जुन हिलारी विपरीत प्रसंग गाँसेका थिए, त्यसलाई मतदाताहरुले आत्मसाथ गरे ।

चुनाबको दुर्इ दिन अगाडि कोमीले केही नभेटिएको भनेर फेरि हिलारीको अनुसन्धान बन्द गरे । यसले दुर्इवटा असर पर्न गयो । पहिलो त हिलारी समर्थकहरुको उदास मतदान भयो, दोस्रो ट्रम्पले प्रणालीमा धाँधली छ र त्यसैले हिलारीले छुटकारा पाइन् भन्ने संगीन प्रहार स्वरूप समर्थकहरुले भोट हालेर संस्थापन उल्टाउनेमा उत्सुकता देखाए ।

होहल्ला र मिडियाबाजीमा निपुण ट्रम्पले, नानीमैया जस्तै संस्थापनको विरोधको लहर चढेर गद्दीसीन हुन पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment