Comments Add Comment

सिटीले दुई गोलको अग्रता जोगाउन सकेन, टोटनहृयामसँग अंक बाँड्यो

manchester-city९ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेका म्यानचेष्टर सिटी र टोटनहृयामले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सिटीले दुई गोलको अग्रता लिएर पनि जोगाउन सकेन । शनिबार राति भएको खेलमा सिटी र टोटनहृयामले २-२ गोलको बराबरी खेलेका हुन् ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले ४९ औं मिनेटमा सानेको गोलबाट अग्ता लिएको थियो । ५ मिनेट लगतै केभिन डि ब्रुयेनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । तर, ५८ औं मिनेटमा अलीले गोल गर्दै टोटनहृयामलाई खेलमा फर्काउने संकेत दिए । ७७ औं मिनेटमा सनले बराबरी गोल फर्काए ।

बराबरीपछि टोटनहृयाम २२ खेलबाट ४६ अंकका सात दोस्रो स्थानमा कायमै छ भने सिटी ४३ अंकसहित पाँचौं स्थानमा छ । लिग लिडर चेल्सीको ५२ अंक छ र, उसले एक खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment