Comments Add Comment

नोट सेभेनमा आगो लाग्नुको कारण सामसुङले पत्ता लगायो

samsung-padkiyoब्याट्रीमा आगो लाग्ने समस्यासँगै बजार पठाएका ग्यालेक्सी नोट सेभेन फिर्ता लिनु र पछि नोट सेभेनको उत्पादन नै बन्द गर्नु परेपछि सामसुंगले गत वर्ष करोडौँ डलर घाटा बेहोर्नुपर्यो । ब्याट्री विस्फोट हुनुका कारणबारे विभिन्न अनुमान तथा तर्कहरु बाहिर आए । अन्ततः सामसुंगले नोट सेभेनको ब्याट्रीमा आगो लाग्नुको खास कारण पत्ता लगाएको छ ।

वालस्टि्रट जर्नलमा प्रकाशित रिपोर्टअनुसार नोट सेभेनको ब्याट्रीको साइज सही नभएका कारणले नै ब्याट्रीमा आगो लागेर विस्फोट भएको हो । यद्यपि यस विषयमा सामसुंगले आफ्नो जाँच रिपोर्ट आधिकारिक रुपमा सोमबार मात्रै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

वालस्टि्रट जर्नलले सुत्रहरुको हवाला दिँदै लेखेको छ कि, केही फोनमा ब्याट्रीको आकार ठीक थिएन, जसका कारण तातेर विस्फोट भएको हो । केही अन्य फोनमा भने उत्पादनमै त्रुटि थियो ।

कम्पनीले उक्त समयमा खराब ब्याट्रीका लागि आपूर्तिकर्तालाई जिम्मेवार ठहराएको थियो । तर नोट सेभेनको ब्याट्री कसले उत्पादन गरेको हो भन्ने बारेमा चाहीँ सामसुंगले केही खुलाएको छैन तर सामसुंगको भगिनी कम्पनी सामसुंग एसडीले नोट सेभेनका केही ब्याट्री उत्पादन गरेको चर्चा चलेको थियो ।

सामसुंग एसडीले बनाएका फोनको साइज नमिल्दा फोनसेटमा राम्रोसँग फिट भएका थिएनन् र चार्ज गर्दा तात्ने समस्या उत्पन्न भएको थियो । त्यस्तै कतिपय ब्याट्री चाहीँ Amperex Technology बाट लिइएको थियो । कम्पनीले फोन उत्पादन गर्ने क्रममै केही त्रुटि भएको रिपोर्टमा उल्लेख छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment