Comments Add Comment

नेपालको हाइड्रोपावरमा लगानी गर्ने बंगलादेशको प्रस्ताव

अर्को महिना सम्झौता हुने दाबी

narsul-hamid९ माघ, काठमाडौं । बंगलादेशले नेपालको हाइड्रोपावरमा लगानी गर्ने भएको छ । साथै नेपालमा उत्पादित विद्युत आफ्नो देशमा लैजान भारतले आफ्नो जमिन प्रयोग गर्न दिने सहमति जनाएको समेत उसले बताएको छ ।

बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले नेपालसँग एक महिनाभित्रै सम्झौता हुने बताए ।

वंगलादेशमा विद्युतको माग बढ्दो छ । पछिल्लो ८ वर्षमा मात्र विद्युतको माग दोब्बर भएको छ र, कुल जनसंख्याको एक तिहाई मानिस बिजुलीको पहुँचभन्दा बाहिर छन् । तर, सरकारले भने २०२१ सम्ममा सबै घरमा विद्युत पुर्‍याउने लक्ष्य लिएको छ ।

नेपालका साथै भुटानसँग पनि हाइड्रोपावरमा लगानी गर्ने प्रस्ताव राखिएको राज्यमन्त्री हमिदले बताए ।

ढाकामा आयोजित नियमित पत्रकार भेटमा हमिदले दुबै देशमा उत्पादन गरेको बिजुली बंगलादेशसम्म लैजान भारतले आफ्नो भूमि प्रयोग गर्न दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment