Comments Add Comment

यस्तो देश: जहाँ रातो मसिले लेख्न सख्त मनाही छ

red-ink-bandहरेक ठाउँका आफ्ना केही अन्धविश्वास तथा परम्परागत मान्यता हुन्छन् । नचाहँदा नचाहँदै पनि हामी कैयौँ अन्धविश्वासप्रति विश्वास गर्छौँ । बिरालोले बाटो काट्यो भने हिँडिरहेको अवस्थामा केही बेर रोकिन्छौँ हामी । यस्तै एउटा अन्धविश्वास हो, रातो मसीले लेख्न नहुने कुरा ।

हो, दुनियाँमा एउटा यस्तो देश छ जहाँ रातो मसीले लेख्न सख्त मनाही छ । उक्त देशमा आममान्यता के छ भने रातो मसीले यदि कोही व्यक्तिको नाम लेखेमा उसको मृत्यु हुन्छ।

यस्तो अनौठो अन्धविश्वास रहेको देश हो, दक्षिण कोरिया । सायद दक्षिण कोरिया दुनियाँमा एउटा मात्र यस्तो देश हो जहाँ रातो मसीले लेख्न सख्त मनाही छ । सोही कारण दक्षिण कोरियामा बालबालिकालाई रातो मसी भएको कलमबाट टाढै राखिन्छ । दक्षिण कोरियालीहरुले सदियौँ देखि यो अन्धविश्वासलाई मान्दै आएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment