Comments Add Comment

कस्तो आपत् ! श्रीमतीलाई लोग्नेको एलर्जी, सँगै बस्छन् तर मोबाइलमा कुरा गर्नुपर्छ

bichitrako-rogजीवनमा सबैभन्दा नजिकको सम्बन्धमा रहनुपर्छ- श्रीमान् र श्रीमती । एक अर्काबीच सहवास, सहभोज, सहअस्तित्व, सहकार्य, कुराकानी, मायाप्रेम आदि साटिन्छन्, दिनदिनै । तर जब सँगै जीवन बिताउने लोग्ने स्वास्नीबीच बोली नै बार्नुपर्ने बाध्यता हुन्छ तब कस्तो सकस पर्ला ?

लोग्ने स्वास्नी एकआपसमा जीवनभर नै बोल्न नपाउने कुराको कल्पना गर्न पनि कठिन हुन्छ । तर अमेरिकामा एउटा दम्पती यस्तै बाध्यतामा छन् । उनीहरु सँगै त बस्छन् तर एक अर्कासित प्रत्यक्ष कुराकानी गर्न पाउँदैनन् । आपसमा कुराकानी गर्नुपरेमा उनीहरुले मोबाइल फोनमा कुरा गर्नुपर्दछ ।

अमेरिकाको मिनिसोटास्थित मिनियापोलिसमा बस्ने जोहन्ना नामकी महिला एउटा अनौठो रोगबाट पीडित छिन् । जसका कारण उनी कोही पनि मानिससँग प्रत्यक्ष रुपमा कुराकानी गर्न सक्दिनन् । मेस्ट सेल एक्टिभेसन सिन्ड्रोम नामक उक्त रोगले शरीरको रोगप्रतिरोधी क्षमतालाई कमजोर बनाइदिन्छ । जसका कारण रोगीमा संक्रमणको खतरा बढ्छ ।

उक्त रोगबाट ग्रसित मानिस जति धेरै मानिससँग सम्पर्कमा आयो उति नै बढी बिरामी पर्ने जोखिम रहन्छ । त्यसैले जोहन्ना कसैसँग कुराकानी गर्न पाउँदिनन् । उनलाई आफ्नै पतिबाट पनि एलर्जी हुन्छ । त्यसैले उनले लगातार मास्क लगाउँछिन् र चुपचाप रहन्छिन् । पतिसँग कुराकानी गर्नुपरेमा फोनमा कुरा गर्छिन् ।

यो समस्याको बाबजुत पनि दुबैजना एउटै घरमा बस्छन् । दुबैजनाले संक्रमणबाट बच्न सदैव मास्क लगाउँछन् । जोहन्नाको कैयन् पटक केमोथेरापी पनि भैसकेको छ । तर अझै रोग निको भैसकेको छैन । कुनै दिन उनको रोग निको भएर सामान्य जिवन जिउन पाउने आशा उनीहरुमा छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment