Comments Add Comment

सिड्नीमा धुर्मुस-सुन्तली साँझ, मुसहर बस्ती बनाउन १७ लाख बढी संकलन

dhurmus-suntali२२ जनवरी, सिड्नी । महोत्तरीको मुसहर बस्ती निर्माणका लागि शनिबार सिड्नीमा भएको धुर्मुस सुन्तली साँझबाट १७ लाख ४२ हजार ६२५रुपैयाँ जुटेको छ ।

सिड्नीको हर्सभिलस्थित मराना अडिटोरियममा आयोजना गरिएको कार्यक्रममा सिड्नीबासी सयौं नेपालीहरु उपस्थित भएका थिए । सिड्नीको बिभिन्न भागमा बस्ने नेपाली वृद्धवृद्धाहरु पनि धुर्मुस सुन्तली साँझ हेर्न उपस्थित भएका थिए ।

dhurmusअष्ट्रेलियामै रहेका दर्जनौं नेपाली कलाकारहरुको समेत प्रस्तुति रहेको उक्त कार्यक्रममा धर्मुस सुन्तली फाउण्डेसनका सिताराम कट्टेलले आफूहरुले भूकम्पको विपदबाट क्षतविक्षत भएका नेपाली बस्ती निर्माणमा नमूनाको रुपमा काम गरेको बताए ।dhurmus-suntali-in-australiya

आफूहरुले जस्तै सबैले समाजका लागि काम गर्ने हो भने सिंगो देशको छिट्टै पुनर्निर्माण हुन सक्ने बताए । उनले प्रवासबाट नेपालीहरुले आफ्नो पसिनाको कमाई भूकम्प पीडितहरुको बस्ती निर्माणका लागि उठाएको भन्दै उक्त रकमको पूर्ण सदुपयोग हुने विश्वास दिलाए । उनले सामाजिक सदभावका लागि महोत्तरीको मुसहर बस्ती निर्माण गर्न लागेको बताए ।

आयोजकहरुको तर्फबाट प्रदिपराज चापागाईंले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मेलवर्न र ब्रिसवेनमा हुने थप कार्यक्रममा थप रकम संकलन गरिने छ ।

dhurmus-sunatali-sanjh

तस्वीर सौजन्य: रवि श्रेष्ठ/सिड्नी भाइब्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment