Comments Add Comment

करिनाले साहरुख बराबरको पारिश्रमिक मागेपछि करणको आक्रोश

kareena-and-karan
चलचित्र ‘कल हो ना हो’को निर्माणको क्रममा नायिका करिना कपुरले नायक साहरुख खान बराबरको पारिश्रमिक मागेपछि यसका निर्माता करण जोहर र करिना कपुरको बोलचाल बन्द भएको थियो ।

निर्माता करणले आफ्नो पुस्तकमा लेखेका छन्-‘करिनाले धेरै पैसा मागेपछि हाम्रो विचमा केहि मतभेद भयो’ यो घटना चलचित्र ‘कल हो ना हो’ निर्माणको बेला भएको थियो ।’ करिनाले साहरुख खान बराबरको पैसा मागेकी थिईन् । करणले त्यसपछि नायिका प्रिती जिन्टासँग सम्झौता गरेका थिए । त्यसपछि करिना र करण एक वर्षसम्म बोलेनन् ।

त्यसो त बेला-बेलामा नायक साहरुख खानसँग पनि मनमुटाब हुने गरेको करणको भनाई छ । तर, उनीहरु धेरै मिल्नेमा पर्छन् । साहरुख ब्यस्त हुँदै गएपछि एक पटक करणले साहरुखका पीएलाई फोन गरेर समय मागेका थिए ।

लगत्तै साहरुखले फोन गरेर भनेका थिए कि-‘तिमीले मलाई भेट्न कहिलेदेखि मेरो म्यानेजरलाई फोन गर्न थाल्यौ ।’ जवाफमा करणले भनेका थिए- ‘तिमी धेरै ब्यस्त छौ, म विथोल्न चाहन्नँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment