Comments Add Comment

पत्रकारलाई लाग्यो चुनावको चटारो (कार्यतालिकासहित)

जिल्लाले माघ १० भित्र अन्तिम नामावली पठाउनुपर्ने

fnj

९ माघ, काठमाडौं । मुलुकभरका पत्रकारहरुलाई चुनाबी चटारोले छोएको छ । हरेक तीन वर्षको मे थर्ड (वैशाख २०, २१) मा पत्रकार महासंघ केन्द्रीय समितिको चुनाव हुने भएकाले आगामी फागुन र चैत पत्रकारहरुका चुनावी चटारोको महिना बनेको हो ।

पत्रकार महासंघ केन्द्रले जनाएअनुसार काठमाडौंमा रहेका जिल्ला, प्रतिष्ठान, एशोसिएट र काठमाडौं बाहिरका ७५ वटै जिल्लाले फागुनभित्र आ-आफ्नो शाखाको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । गत २६ र २७ पुसमा बसेको महासंघको केन्द्रीय समितिको ११ औं बैठकले सबै शाखाहरुलाई निर्वाचनको तिथि तोक्दै परिपत्र जारी गरिसकेको छ ।

पत्रकार महासंघले गरेको निर्णय अनुसार सबै प्रतिष्ठानको चुनाब एकै दिन फागुन २४ गते मंगलबार हुने छ भने एसोसिएटतर्फका सबै संस्थाहरुको चुनाव फागुन २६ गते हुने छ ।

त्यस्तै फागुन २६ गते काठमाडौं, भक्तपुर, ललितपुर शाखाको चुनाव हुने छ ।

नयाँ सदस्यताको अन्तिम टुंगो पत्रकार महासंघले माघ १० गते भित्र र नवीकरण तथा स्थानान्तरणको अन्तिम टुंगो माघ १५ गते भित्र गरिसक्ने भएको छ । सबै जिल्लाका पत्रकारहरुले माघ १० गतेभित्रै अन्तिम नामावली पठाउनुपर्ने छ भने सदस्य बनेबापतको शुल्क माघ १५ भित्र केन्द्रमा पठाइसक्नु पर्ने निर्णय गरेको छ ।

fnj-election

कुन जिल्लाको चुनाव कहिले ?

महासंघले विभिन्न जिल्ला शाखाहरुको चुनावको मिति तोकेको छ, जुन यसप्रकार छ,

०७३ फागुन ३ गतेः पश्चिम क्षेत्रका जिल्ला शाखाहरुः गोरखा, लम्जुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, नवलपरासी । मुस्ताङ र मनाङमा मौसमका कारण अनुकुलताका आधारमा मिति तय गरिने छ ।

०७३ फागुन ७ गतेः पूर्व क्षेत्रका जिल्ला शाखाहरुः तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ्ग, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, उदयपुर, सिराह, सप्तरी ।

०७३ फागुन १२ गतेः मध्यपश्चिम क्षेत्रका जिल्ला शाखाहरुः रुकुम, रोल्पा, प्यूठान, दाङ, सल्यान, जाजरकोट, बाँके, बर्दिया, सुर्खेत, दैलेख ।

०७३ फागुन १७ गतेः मध्य क्षेत्रका जिल्ला शाखाहरुः रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा ।

०७३ फागुन २२ गतेः सुदुरपश्चिम क्षेत्रका जिल्ला शाखाहरुः कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बैतडी, दार्चुला, बझाङ ।

०७३ फागुन २४ गतेः काठमाडौं उपत्यकाका सबै प्रतिष्ठान शाखाहरु ।

०७३ फागुन २५ गतेः एसोसिएट तर्फका सबै संस्थाहरु ।

०७३ फागुन २६ गतेः उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र कणर्ाली क्षेत्रका सवै जिल्ला शाखाहरु जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment