Comments Add Comment

सिद्धार्थ बैंकको नाफा ४९ प्रतिशत, मेगाको ६६ प्रतिशत वृद्धि

९ माघ, काठमाडौं । चालु आवको दोस्रो त्रैमाशमा सिद्धार्थ बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ४९ प्रतिशतले बढेको छ । गत त्रैमाशमा ४८ करोड रुपैयाँ कमाएको बैंकले यो त्रैमाशमा ७२ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकको व्याज आम्दानी ६३ प्रतिशतले बढेर १ अर्ब ३० करोड पुगेको छ । त्यस्तै फि, कमिशन, डिस्काउन्ट, बिदेशी मुद्रा बिनिमय लगायतबाट भएको अन्य आम्दानी पनि १० प्रतिशतले बढेर ३३ करोड पुगेको छ । बैंकले यस अघि प्रावधानमा राखेका १२ करोड रुपैयाँ फिर्ता ल्याएको छ । बैंकले १ करोड रुपैयाँसम्मको आवासीय कर्जा र अन्य रियल इस्टेटमा कुल कर्जाको १८ प्रतिशत लगानी गरेको छ । यता, रियल इस्टेट कर्जा, होम लोन, मार्जिन कर्जा र ओभरड्राफ्ट लोनमा कुल कर्जाको करिब ६८ प्रतिशत लगानी गरेको छ ।

बैंकले निक्षेप संकलन ४६ प्रतिशत र कर्जा लगानी ७७ प्रतिशतले वृद्धि गरेको छ । बैंकसँग कर्जा लगानी योग्य रकम अझै २ प्रतिशत बराबर छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात ११ प्रतिशतमा टाइट भएको छ । खराब कर्जा अनुपान १.५ प्रतिशत, पुँजी कोष लागत ४.१६ प्रतिशत छ ।

बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३६, प्रतिसेयर नटवर्थ १ सय ४७ रुपैयाँ, सेयरमा प्रतिफल १८ रुपैयाँ र प्रतिसेयर कुलसम्पत्तीको मूल्य १ हजार ६ सय ५८ रहेको छ ।

banks
मेगा बैंक

चालु आवको दोस्रो त्रैमाशमा मेगा बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ६५.९५ प्रतिशतले बढेको छ । गत त्रैमाशमा २२ करोड रुपैयाँ कमाएको बैंकले यो त्रैमाशमा ३७ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकको व्याज आम्दानी ७९ प्रतिशतले बढेर ७७ करोड पुगेको छ । त्यस्तै फि, कमिशन, डिस्काउन्ट, बिदेशी मुद्रा बिनिमय लगायतबाट भएको अन्य आम्दानी ९४ प्रतिशतले बढेर २० करोड पुगेको छ । बैंकले यस अघि प्रावधानमा राखेका ५ करोड रुपैयाँ फिर्ता ल्याएको छ । बैंकले १ करोड रुपैयाँसम्मको आवासीय कर्जा र अन्य रियल इस्टेटमा कुल कर्जाको १३.४६ प्रतिशत लगानी गरेको छ । यता, रियल इस्टेट कर्जा, होम लोन, मार्जिन कर्जा र ओभरड्राफ्ट लोनमा कुल कर्जाको करिब ६६ प्रतिशत लगानी गरेको छ ।

बैंकले निक्षेप संकलन ६१ प्रतिशत र कर्जा लगानी ६६ प्रतिशतले वृद्धि गरेको छ । बैंकसँग कर्जा लगानी योग्य रकम अभाव देखिन थालेको छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १३.३५ प्रतिशतमा छ । खराब कर्जा अनुपान १.११ प्रतिशत, पुँजी कोष लागत ४.४७ प्रतिशत छ ।

बैंकको प्रतिसेयर आम्दानी २३.४३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९.२४, प्रतिसेयर नटवर्थ १ सय ३२ रुपैयाँ, सेयरमा प्रतिफल १७ रुपैयाँ र प्रतिसेयर कुलसम्पत्तीको मूल्य १ हजार १ सय ९७ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment