Comments Add Comment

विश्वकै सबैभन्दा लामो ‘लिंगधारी’, पोर्नस्टार बन्ने धोको

big-penish-1

मेक्सिकोका ५४ वर्षीय रोबर्टो इस्क्वीभेल काब्रेराले जीवनमा कहिल्यै सेक्सको मज्जा लिन पाएका छैनन् । कारण, उनको लिंग यति लामो छ कि कसैले आँट्नै सक्दैन ।

घुँडासम्म आउने १८.९ इन्चको लिंग बोकेर बाँचिरहेका रोबर्टोलाई कुनै दुःखमनाउ भने छैन । शल्यक्रिया गरेर उनको लिंग घटाउन सकिन्छ भनेर डाक्टरहरुले भनिरहेका छन्, तर उनी चाहँदैनन् । खासमा उनलाई गर्व छ ।

सन् २००९ मा आफ्नो लिंगको आधिकारिकता पुष्टी गर्ने क्रममा लम्बाई नापिरहेको उनको भिडियो इन्टरनेटमा भाइरल भएको थियो ।

उनको आधा मिटरको लिंगले यसअघि अमेरिकी अभिनेता जोना फाल्कोनको नाममा रहेको अनौपचारिक रेकर्ड -उत्तेजित अवस्थामा १३.५ इन्चको र सुषुप्त अवस्थामा ९.५ इन्चको) लाई सजिलै परास्त गरिदियो । तर गिनिज बुक अफ वल्र्ड रेकर्डमज्ञा सबैभन्दा लामो लिंगको विधा नभएकाले उनको रेकर्डले आधिकारिकता पाएको छैन ।

‘मलाई गिनिज बुकमा नाम लेखाउने ठूलो रहर छ, तर उनीहरुले यो रेकर्डलाई मान्यता दिएनन्,’ उनले बारक्रोफ्ट टेलिभिजनसँगको अन्तरवार्तामा भनेका छन्, ‘तै पनि म प्रख्यात भइसकेको छु । मेरो जत्रो लिंग विश्वमा कसैको छैन भनेर मलाई गर्व लाग्छ ।’

स्वास्थ्य क्षेत्रका थुप्रै  व्यक्तिहरुले उनलाई लिंग छोट्याउन सुझाव दिँदै आएका छन् । डा. जेसस डेभिड सलाजर भन्छन्, ‘हामीले उनलाई बारम्बार भनेका छौं कि तिमी आफ्नो लिंग छोट्याएर सामान्य आकारमा ल्याउ ताकि यौनसम्पर्क गर्दा दुवैलाई कष्ट हुँदैन र तिमीले सन्तान उत्पादन गर्न सक्छौ । तर उनी मान्दैनन् ।’

कसरी यति लामो भयो त रोबर्टोको लिंग ?

उनले डाक्टरहरुलाई बताए अनुसार उनी किशोरावस्थादेखि नै आफ्नो लिंगमा गहु्रंगो वस्तु झुन्ड्याएर तन्काउने गर्थे । ‘लिंगको लम्बाईप्रति उनी संवेदनशील थिए । त्यसैले कलिलै उमेरदेखि आफ्नो लिंगको लम्बाई बढाउने अभ्यास गर्न थाले,’ डा. सलाजरले भने ।

अस्वभाविक आकारको लिंगले गर्दा रोबर्टोलाई अनेक समस्या झेल्नु परिरहेको छ । पिशाव राम्रोसँग ननिखि्रने भएकाले बारम्बार मुत्र संक्रमण हुने गर्छ । बाहिर नदेखियोस भनेर उनी आफ्नो लिंगलाई सँधै ब्यान्डेजले तिघ्रामा बाँध्ने गर्छन् । राति घोप्टो परेर सुत्न सक्दैनन् । लिंगकै कारणले उनी कतिपय कामहरु गर्न सक्दैनन् । सेक्सको कुरा त उनका लागि असम्भव प्राय छ ।

big-penish-2

सेक्सका दुई असफल प्रयास

उनी भन्छन्, ‘केही मानिसहरु मलाई सोध्छन् कि मैले कन्डम लगाउने गरेको छ कि छैन ? तर यो यति मोटो छ कि सेक्स सम्भव छैन । अनि कन्डम किन लगाउने ?’

उनले जीवनमा दुइपटा सेक्सको असफल प्रयास गरेका थिए । पहिलो घटनामा उनको ‘यन्त्र’ देख्नासाथ केटी टाप ठोकिन् । दोस्रो घटनामा दुवैलाई यति पीडा भयो कि निकाल्न वाध्य हुनुपर्‍यो ।

लिंगकै असुविधाले गर्दा उनले कतै रोजगारी पाएनन् । रोबर्टो भन्छन्, ‘म अरुले जस्तो जुन पायो त्यही लुगा लगाउन सक्दिन र घुँडा टेकेर बस्न पनि सक्दिन । छिटो दौडन पनि सक्दिन । त्यसैले मलाई कुनै कम्पनीले काम दिँदैनन् ।’

उनी आफूलाई अशक्त व्यक्ति ठान्छन् । सरकारले सुरुमा अस्वीकार गरे पनि अहिले उनलाई अशक्त व्यक्तिको मान्यता दिएको छ ।  प्रत्येक चार महिनामा उनलाई सरकारबाट अलिकति भत्ता आउँछ । तर यो पर्याप्त नभएको उनी बताउँछन् ।

धेरै मानिसहरु उनको लिंग यति लामो छ भनेर पत्याउँदैनन् । उनी भन्छन्, ‘कति मानिसहरु मलाई सोध्छन्, के यो सक्कली नै हो भनेर । म उनीहरुलाई हेर्ने हो त ? भनेर जवाफ दिन्छु ।’

उनको लिंगको आधिकारिकता परिक्षणका लागि छोएर हेरेका थिए डा. गोन्जालेजले । उनी भन्छन्, ‘कतिपय महिलाहरु ठूलो वक्षस्थलका सौखिन भए जस्तै उनी ठूलो लिंगका सौखिन हुन् ।’

साइज मिल्ने केटी भेटिने आशा

अमेरिकामा बस्दा २००१ मा रोबोर्टो प्रहरीबाट समातिएका थिए । कम उमेरका दुई केटीहरुलाई आफ्नो लिंग देखाएको आरोप उनीमाथि थियो । त्यसपछि उनी अमेरिका छोड्न वाध्य हुनुपर्‍यो ।

उनी अहिले फेरि अमेरिका फर्किने सुरमा छन् । एउटा वयस्क मनोरञ्जन कम्पनीले उनलाई लिंग घटाउन आर्थिक सहयोग गर्ने अफर गरेको थियो तर, उनले मानेन् । आफ्नो लागि उपयुक्त केटी भेटिने आशा उनलाई अझै छ । त्यसो त भविष्यमा पोर्न स्टारका रुपमा चिनिने धोको पनि छ उनको ।

रोबर्टो भन्छन्, ‘म फेरि अमेरिका गएर सेटल हुन चाहन्छु । त्यहाँ धेरै केटीहरु छन् । मलाई साइज मिल्ने एउटी केटी कसो नभेटाउँला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment