Comments Add Comment

मिटर विगार्ने विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी पक्राउ

nepal-electricity-authority

९ माघ, काठमाडौं । विद्युत चोरीमा संलग्न भएको आरोमा प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी पक्राउ गरेको छ । चार जना व्यवसायी पनि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वोन्द्र खनालका अनुसार उनीहरुले रकम लिएर मिटर विगोर्ने र प्राधिकरणलाई घाटा पार्दै आएको खुलेको छ । उनले भने, ‘मिटर विगार्ने र विलिङ कम गर्ने गरेका रहेछन् ।’

मिटर विगारेर कम बिलिङ गरे वापत उनीहरुले उद्योगहरुबाट रकम लिने गरेका थिए । पक्राउ पर्नेमा बालाजु क्षेत्रका सुपरभाइजर सुमन श्रेष्ठ पनि छन् ।

प्रहरीका अनुसार उनीहरुले ५० हजार विल उठेको भए मिटर विगारेर ५०० देखि १ हजार मात्र विलिङ गराउँथे । बाँकी रकम भने उद्योग र विद्युत प्राधिकरणका कर्मचारीहरुले आधा आधा गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment