Comments Add Comment

नेपालको विकासमा युवाको भूमिकाबारे अष्ट्रेलियामा अन्तर्क्रिया

ins-australia

२२ जनवरी, सिड्नी । नेपालको समृद्धिमा युवाहरुको भूमिकाबारे अष्ट्रेलियाको सिड्नीमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ ।

अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाले ‘नेपालको विकास र समृद्धिमा नेपाली युवाहरुको भूमिका र दायीत्व’ विषयमा आज अन्तर्क्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागीहरुले प्रवासमा बस्ने नेपाली युवाहरुले नेपालको विकासका लागि गर्न सक्ने सहयोगबारे बिभिन्न धारणाहरु राखेका थिए ।

आईएनएस अष्ट्रेलियाका युवा संयोजक क्षितिज बुढाथोकीले भने, ‘यो हाम्रो सुरुवात मात्रै हो । हामी छिट्टै अझै वृहत कार्यक्रम गर्ने छौं र नेपालको विकासका लागि मेगा प्रोजेक्ट सार्बजनिक गर्नेछौं ।’

कार्यक्रममा गैरआवासीय नेपाली संघका युवा संयोजक विजय पोखरेल, विजय सापकोटा, शिव श्रेष्ठ, विनोद पौडेल, आईएनएस ओसानियाका संयोजक समिम अनवर लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment