Comments Add Comment

३४ किलो सुनकाण्डमा भन्सारका अर्का कर्मचारी पनि पक्राउ

gold-2
९ माघ, काठमाडौं । ३४ किलो सुनकाण्डमा भन्सारका अर्का एक कर्मचारी पनि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले सुब्बा पदमा कार्यरत श्याम श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो । श्रेष्ठ मध्यपुर ठिमी अस्पतालका सञ्चालक समेत हुन् ।
उनी अस्पतालबाटै पक्राउ परेको सीआईबी स्रोतले अनलाइनखबरलाई बतायो ।

एयर अरेबियाको जहाजबाट ल्याइएको ३४ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कर्मचारीहरुकै मिलेमतोमा पास भएको थियो । सुनसहित तीन जना भरियालाई प्रहरीले गत पुस २१ गते तिलगंगाबाट पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले यसअघि भन्सारका दुई अधिकृतहरुलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठ सुन तस्करसँग सम्पर्कमा रहेको र पैसाको लेनदेन पनि उनीबाटै हुने गरेको प्रहरी स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment