Comments Add Comment

जनसम्पर्क समिति अष्ट्रेलियाद्वारा प्रशिक्षण आयोजना, कांग्रेस बिग्रिएको भन्दै चिन्ता व्यक्त

dila-sangarula-congress-leader-in-australia

२२ जनवरी, सिड्नी । जनसम्पर्क समिति अष्ट्रेलियाले यहाँ आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस बीपीको सिद्धान्त र नीतिबाट बिचलित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । कार्यक्रममा सहभागीहरुले पार्टीमा इमान्दारिता भन्दा चाकडी हाबी भएको गुनासो गरे ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले बीपीको समाजवाद भित्र अटाएको कांग्रेस बिस्तारै साँघुरिदै गएकोमा चिन्ता ब्यक्त गरिन् । उनले भनिन्, ‘अहिले फेरि उहाकै मेलमिलापको नीति पार्टीलाई आवश्यक परेको छ ।’

लोकतन्त्रमा बिचार र बिमर्शमा मनमुटाव हुनु सामान्य कुरा भएको बताउँदै उनले त्यसलाई आन्तरिक लोकतन्त्रका रुपमा लिनुपर्ने तर्क गरिन् ।

जनसम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीले प्रवासमा प्रजातन्त्रवादीहरुको बाहुल्यता रहँंदा पनि बिचार भन्दा व्यक्ति माथी भएकाले एकतामा बाँधिन नसकेको बताए । उनले भने, ‘अहिले एकले अर्कालाई खुइल्याउने मानसिकताले ग्रसीत हुँंदा प्रजातन्त्रवादी संघ संस्थाहरु पछि परे ।’

कार्यक्रममा सम्पर्क समितिका संस्थापक प्रेम सापकोटाले प्रवासमा पार्टीको बिचार र बिस्तारका लागि खोलिएका जनसम्पर्कहरु नेताहरुको चाकडीको साधन बनेको टिप्पणी गरे ।

कार्यक्रममा आइसीसीका पूर्वसदस्य तथा एक्काका अध्यक्ष निरज श्रेष्ठ, एनआरएनका सदस्यहरु छबी सापकोटा, बिकास केसी, जानकी पौडेललगायतले पनि धारणा राखेका थिए ।

कार्यक्रममा जनसम्पर्क समितिका महासचिव किरण बराल, कोषाध्यक्ष रामजी बस्नेत, सहमहामन्त्री सुदिप मुडबरी, सदस्य रोहित खड्का भिम सुब्बा, अर्जुन केसी लगायतले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment