Comments Add Comment

टिभिएसको ‘राइड अफ प्राइड’ सकियो

bike-ryali-ride-of-nep
९ माघ, काठमाडौं । जगदम्बा मोटर्स प्रालिले हालैमात्र ‘टिभिएस अपाचे आरटीआर ४ भि’ का शुरुका ग्राहक/खरिदकर्ताहरुलाई लक्षित गरी २ दिनको साहसिक यात्रा सम्पन्न गरेको छ ।

कम्पनीले रिभरसाइड स्पि्रङ रिसोर्ट, कुरिनटारमा यही जनवरी २० देखि २१ गरी दुईदिन सम्म उक्त यात्राको आयोजना गरेको थियो ।
शुरुका ६० जना खरिदकर्ता तथा ७० भन्दा बढी बाइकको उपस्थितीसँगै टिभिएसको शोरुम, नक्शालदेखि सुरु भएको उक्त र्‍याली पहिलो दिन रिभरसाइड स्पि्रङ रिसोर्टमा पुगी समाप्त भएको थियो ।

सो अवसरमा जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवाल तथा मार्केटिङ प्रमुख बिक्रम पौडेलले हरेक चालकलाई बिस हजार पर्ने रेसिङ गियर कम्पनीका तर्फबाट वितरण गरे ।

मिडियाकर्मीहरुको समेत उपस्थितीमा सम्पन्न उक्त अवसरमा आयोजित लाइभ ब्याण्ड, डिजे शेशन तथा स्टण्ट शोको माहोलले सहभागी सबैलाई उत्साहित बनाएको थियो । सो अवसरमा सहभागीहरुले त्रिशुली नदीमा रोमाञ्चक ‘हृवाइट वाटर र्‍याफ्टिङ’को समेत मजा लिएका थिए ।

दर्जनौं बाइक तथा टिभिएसको ब्राण्डेड रेसिङ गियरका साथमा फिर्ता भएका सहभागीहरु राजधानी काठमाडौं आउने क्रममा देखिएको दृश्यले सबैको ध्यान आकृष्ट गरेको थियो ।

लामो प्रतिक्षापछि बजारमा आएको यस बाइकलाई सबैभन्दा पहिला खरिद गरी सहयोग गर्ने ग्राहकहरुलाई थप हौसला प्रदान गर्ने उद्देश्यले जगदम्बा मोटर्सले यस कार्यक्रमको आयोजना गरेको थियो ।

कम्पनी भविष्यमा समेत आफ्ना ब्राण्डलाई थप शशक्त बनाउँदै समस्त ग्राहकहरुसँगको सम्बन्धलाई समेत अझ बलियो तथा सुदृढ पार्दै लैजान चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment