Comments Add Comment

लाजियोमाथि युभेन्टसको महत्वपूर्ण जित

paulo-dybala

९ माघ, काठमाडौं । इटालियन च्याम्पियन युभेन्टसले शीर्ष चारमा रहेको लाजियोलाई हराएको छ । र, पुनः सिरिएमा आफ्नो पकडा कायम राखेको छ ।

आइतबार राति भएको खेलमा युभेन्टसले लाजियोमाथि २-० गोल अन्तरको जित हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले पाँचौं मिनेटमा नै पाउलो डाइबालाको गोलबाट अग्रता लिएको थियो । १६ औं मिनेटमा गोन्जालो हिगुइनले अग्रता दोब्बर पारे ।

हिगुइनको अर्को गोल भने अफसाइड दिइयो । तर, युभेन्टसले लिगमा आफ्नो पकडा कायमै राखेको छ ।

जितपछि उसको २० खेलबाट ४८ अंक छ । क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका रोमा र नापोलीको समान ४४ अंक छ भने चौथो स्थानमा रहेको लाजियोको ४० अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment