Comments Add Comment

आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः वर्षमा १३ अर्बको बिजुली चोरीः चोरीमा प्राधिकरणकै कर्मचारी संलग्न

img_9086१० माघ, काठमाडौं । सोमबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले नेपाल विद्युत प्राधिकरणका कर्मचारीकै मिलेमतोमा वर्षमा १३ अर्ब रुपैयाँ बराबरको बिजुली चोरी हुने गरेको रहस्य सार्वजनिक भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले अबको केही दिनभित्रै स्थानीय निकायको निर्वाचन घोषणा हुने बताएको समाचारलाई पनि पत्रिकाहरुले फ्रन्टपेजमै छापेका छन् ।

नयाँ पत्रिका दैनिकले उपत्यकामा चार वटा स्याटलाइट सिटी बन्ने समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले माओवादीमा ‘जातीयकरण’ भएको समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै, सरकारी वकिलहरुको आन्दोलनको समाचारलाई पनि अन्नपूर्णले महत्वपूर्ण स्थान दिएको छ ।

राजधानी दैनिकले अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पविरुद्ध महिलाहरुले आन्दोलन गरेको समाचारसँगै तस्वीरलाई महत्वका साथ प्रकाशित गरेको छ ।

नेपाल समाचारपत्र दैनिकले नेपाली भू-उपग्रहका लागि शक्तिराष्ट्रका कम्पनीहरुको दौदधूप बढेको समाचारलाई मुख्य समाचार बनाएको छ ।

कान्तिपुर दैनिकले सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन गरेको आदेशलाई समाचार बनाएर प्रकाशित गरेको छ ।

नागरिक दैनिकले समानुपतिकमा तीन प्रतिशत थ्रेस होल्ड राख्ने गरी निर्वाचन विधेयक ल्याउन लगिएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

गोरखापत्र दैनिकले सार्क र बिमस्टेक सम्मेलनको तयारी हुँदै गरेको समाचारलाई महत्व दिएर प्रकाशित गरेको छ ।img_9087 img_9088 img_9090 img_9092 img_9093 img_9095 img_9096

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment