Comments Add Comment

वकिलहरु आन्दोलनमा उत्रिएपछि हजारौं मुद्दा अलपत्र

sarbochcha-adalat१० माघ, काठमाडौं । उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोधमा सरकारी वकिलहरुले बहस पैरवी बहिस्कार गरेपछि मुलुकभरका अदालत तथा न्यायाधिकरणहरुमा विचाराधीन हजाराैं  मुद्दा प्रभावित भएको छ । सरकारी वकिलहरु बहसका लागि अनुपस्थित भए पनि कतिपय अदालतमा एकातर्फी बहसपछि अदालत निर्णयमा पुगेको थियो ।

सर्वोच्च अदालतमा न्यायाधीशहरु गोपाल पराजुली र चोलेन्द्रशम्शेर जबराको इजलासमा सरकारी वकिल प्रतिनिधि हुने प्राय मुद्दा स्थगित थिए भने अन्य इजलासमा सुनुवाइ भएको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

न्यायापरिषद्ले दुई साताअघि गरेको न्यायाधीश नियुक्तिको सिफरिसलाई लिएर असन्तुष्टि जनाउँदै सरकारी वकिलहरुले हिजोदेखि अनिश्चित्कालिन रुपमा बहस पैरवी बहिष्कार गर्ने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment