Comments Add Comment

आर्थिक समाचारः पौने खर्बको विद्युतीय बजार

१० माघ, काठमाडौं । काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाको आर्थिक पृष्ठमा विभिन्न समाचारले स्थान पाएका छन् ।

अन्नपूर्ण पोस्ट् दैनिकले ‘नेपालमा पौने खर्बको विद्युतीय बजार’लाई मुख्य समाचार बनाएको छ । विद्युतीय सामान आयातको आधारमा यो समाचार तयार पारेको हो । नेपाल वायुसेवा निगमले घाटा सहेरै थप दुई चिनियाँ जहाज किन्न लागेको समाचारलाई पनि अन्नपूर्णले उल्लेख गरेको छ ।

‘प्राधिकरणका विद्युत व्यापार र इन्जिनियरिङ सहायक कम्पनी’लाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । बैंक तथा वित्तीय संस्थामा बिनाब्याजको झन्डै २ खर्ब निक्षेपलाई नयाँ पत्रिकाले लेखेको छ । साउनदेखि ६० लाखमाथिको खरिदमा विद्युतीय बोलपत्र अनिवार्यलाई पनि नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

सार्वजनिक-निजी साझेदारीका आयोजनामा विवादलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । पुनर्निर्माणमा लागेको एनजीओ आईएनजीओको अनुगमन सुरुलाई पनि कारोबारले उल्लेख गरेको छ । चिनी मिलवाट बिजुली निकाल्ने योजना असफल भन्ने समाचारलाई कारोबारले एंकर बनाएको छ ।

‘लगानी प्रतिबद्धता बढ्यो’लाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । ब्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा परेको समाचारलाई पनि नागरिकले उल्लेख गरेको छ । होटलमा १० प्रतिशत सेवा शुल्क विवादको सन्दर्भमा टे्रड युनियनलाई छलफलमा आउन आग्रहलाई नागरिकले उल्लेख गरेको छ ।

बीरगञ्ज नाकावाट ४० अर्बको पेट्रोलियम र गाडी आयातलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । २२ जिल्लामा अल्लो प्रशोधन केन्द्र खोलिने समाचारलाई पनि अभियानले महत्वपूर्ण स्थान दिएको छ । विद्युत् चुहावटमा संलग्न प्राधिकरण कर्मचारी पक्राउलाई पनि अभियानले स्थान दिएको छ ।img_9097 img_9098 img_9099 img_9100

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment