Comments Add Comment

ओबामाका फलोअर्सलाई ट्रम्पकहाँ तानेकोमा ट्वीटरले माफी माग्यो

twitter810प्राविधिक कमजोरीका कारण लाखौं व्यक्तिहरुलाई नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फलो गर्न वाध्य पारिएको स्वीकार गर्दै सामाजिक सञ्जाल ट्वीटरले माफी मागेको छ ।

पद तथा गोपनीयताको सपथ खाएलगत्तै अमेरिकी राष्ट्रपतिको आधिकारिक ह्यान्डल @POTUS  ट्रम्पको नियन्त्रणमा आएको थियो ।

राष्ट्रपति परिवर्तनसँगै यसअघि पदमा रहँदा बाराक ओबामाले गरेका सबै ट्वीटहरु सफा गरेर आर्काइभ अकाउन्ट @POTUS44 मा सारिएको छ । तर, प्राविधिक त्रुटिले गर्दा यसअघि ओबामालाई फलो गरिरहेका सबैले ट्रम्पलाई फलो गर्न वाध्य भएका थिए ।

ट्वीटरका बोस ज्याक डोर्सेले कम्पनीले अनुसन्धान गर्दा त्रुटि भेटिएको जनाएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘यसबाट ५ लाख ६० हजार मानिसहरु प्रभावित भएको हुनुपर्छ ।’ उनी अगाडि लेख्छन्, ‘गल्ति भएकै हो, त्यो ठिक थिएन । हामी यसको जिम्मेवारी लिन्छौं र माफी माग्छौं । कुनै बहाना गर्नुछैन ।’

संक्रमण योजना बनाउन ओबामा प्रशासनले सबै प्लेटर्फमहरुमा काम गरेको डोर्सेले बताएका छन् । ‘यो एकाउन्ट व्यक्तिगत नभएर संस्थागत भएकाले फलोहरुहरुसँगै तर शून्य ट्वीटमा अकाउन्ट अपडेट गर्नुपर्ने उनीहरुले सोचे’ उनले लेखेका छन् ।

ट्रम्पको पहिलो ट्वीट

राष्ट्रपति भएपछिको आफ्नो पहिलो ट्वीटमा नै ट्रम्पले आफ्नो सोच उजागर गरेका छन् । उनले गरेको ट्वीटमा ‘बोर्डर फिर्ता ल्याउने र रोजगारी फिर्ता ल्याउने’ उल्लेख छ । यो ट्वीट उनले आफ्नो व्यक्तिगत अकाउन्टबाट गरेका थिए, जसमा उनका २ करोड १० लाख फलोअर्स छन् ।

राष्ट्रपतिको आधिकारिक अकाउन्ट पनि अपडेट हुन थालिसकेको छ । यसमा सबैभन्दा पहिले ट्रम्पले सपथ खाइरहेको फोटो हालिएको थियो भने त्यसपछि ह्वाइट हाउसको फोटो हालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment