Comments Add Comment

सहिदहरुको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु

sahid-gate१० माघ, काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका सहिदहरुको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ ।

माघ १० अर्थात आजकै दिन योद्धा शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि टेकुको पचलीमा जीवन बलिदानी दिएका थिए । तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए ।

सात दिन सहिद सप्ताह मनाएपछि माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । हरेक वर्ष माघ १० गतेदेखि सात दिन सहिद सप्ताह मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment