Comments Add Comment

छोरीले बाबुसँग लसपस गरेको भन्दै आमाको बिलौना

rochakयो संसारमा नैतिक पतन भएका मानिसहरुको कमी छैन । यी बाबु र छोरीको सम्वन्धलाई अत्यन्त पवित्र मानिन्छ । तर यस पवित्र सम्वन्धलाई अपवित्र बनाउने नैतिक पतन भएका मानिसहरु पनि संसारमा छन् । बेलायतमा यस्तै घटना भएको छ ।

आफ्नो श्रीमानले आफ्नी छोरीसँग नाजायज सम्बन्ध राखेको थाहा पाउँदा एउटी महिलालाई कस्तो हुँदो हो ? नाम नखुलाइएकी बेलायतकी एक महिला यही पीडामा छिन् । सन् २०१५ देखि लगातार बाबु र छोरी अफेयरमा रहेको भन्दै उनले एउटा वेवसाइटमा विलौना गरेकी छिन् ।

‘म एक वर्षदेखि एउटा भयानक दुस्वप्नबाट गुज्रिररहेकी छु’ उनले भनेकी छन्, ‘मैले २०१० को डिसेम्बरमा थाहा पाएँ कि मेरी जेठी छोरी र श्रीमान मेरो पिठ्यूँ पछाडि रासलिला गरिरहेका छन् ।’ बाबु र छोरीबीच आदानप्रदान भएका टेक्स्ट म्यासेजहरु हेरेर उनले उनीहरुको चर्तिकला थाहा पाएकी थिइन् ।

उनीहरुले आपसमा ‘लभ कार्ड’ साटासाट गरेको पनि उनले पाइन् । त्यसपछि दुवैलाई राखेर आफूले सम्झाउन खोजेको तर उनीहरुले यो कुरा अस्वीकार गरेको उनी बताउछिन् । ‘मैले जति सम्झाउन खोज्दा पनि उनीहरु रोकिएनन्,’ उनले भनिन्, ‘म अत्यन्तै निराश, विक्षिप्त र चिन्तित बनेँ ।’

बाबु-छोरीको सम्वन्ध थाहा पाएपछि आफू श्रीमानसँग सुत्न छोडेको उनले बताइन् । यद्यपि उनी श्रीमानसँग एउटै घरमा बसिरहेकी छिन् । यो जोडीका तीन सन्तान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment