Comments Add Comment

बोल्ड ड्रेसले अभिनेत्रीलाई यस्तो हैरानी

sonamसहकर्मीको बर्थ डे होस् वा फिल्मको सक्सेस पार्टी । प्रिमियर शो होस् वा कुनै अवार्ड समारोह । बलिउड अभिनेत्रीको फेसन चर्चाको विषय बन्ने गर्छ । तर, कहिले कहिं आफ्नो ‘कामुक पहिरन’ले उनीहरुलाई धोका दिन्छ । र, लाजको पात्र बनाइदिन्छ ।

कुनैपनि इभेन्टमा अभिनेत्रीहरुको ध्यान आफ्नै पहिरनमाथि केन्द्रित हुन्छ । कहिले उदांगो बक्षस्थल छोप्न त कहिले भित्री बस्त्र लुकाउँदैमा हैरान हुन्छन् ।

यद्यपी उनीहरु त्यस्ता पहिरन लगाउँन छाड्दैनन्, चाहे त्यो सम्हाल्नै गाह्रो किन नहोस् । सुस्मिता सेन, दीपिका पादुकोण, आलिय भट्ट, ज्याकलिन फर्नाडीसदेखि परिणिती चोपडसम्मले यस्तो दशा भोगेका छन् ।

२०१४ को प्रसंग हो । एक फिल्मको प्रमोसन इभेन्टमा सहभागी हुँदै थिइन्, श्रीदेवी । सिन्दुरे रंगको पाइन्ट र सेतो टिसर्टमा ठाँटिएकी श्रीदेवीलाई पाइन्टले धोका दियो । अन्ततः उनका श्रीमान बोनी कपूरले सार्वजनिक स्थानमै पाइन्ट मिलाइदिए ।

Sridevi and Bony Kapoor at cafe California at BKC 08/11/2012 PIC / SATYAJIT DESAI

केहि समयअघि दीपिका पादुकोणलाई गोल्डेन गाउनले लाजमर्दो बनायो । आफु अभिनित हलिउड फिल्मको प्रमोसनमा पुगेकी उनले धेरैजसो समय त पहिरन सम्हाल्नमै खर्च गरिन् । ‘बोल्ड ड्रेस’मा पर्दापण गरेकी उनको गाउनको सिलाइ नै खुलेको देखियो ।

पछिल्लो छिमलकी अभिनेत्री आलिय भट्ट अक्सर इभेन्टहरुमा छोटो परिहनमा उपस्थित हुन्छिन् । त्यस्ता पहिरन सम्हाल्नै गाह्रो हुन्छ, उनलाई । उठ्दा-वस्दा छोटो पहिरन मिलाइरहेको देखिन्छ । जी सिने अवार्ड २०१३ मा रेड कार्पेटमा यमी गौतमलाई पहिरन मिलाउन निकै गाह्रो भएको थियो । त्यसताका उनले आफ्नो पहिरन एडजस्ट गरिरहेको फोटो क्लिक भएको भयो ।

एक अवार्ड समारोहमा पुगेकी क्याटरिना कैफलाई पनि परिहनले धोका दियो । समारोहभर उनी कहिले वक्षस्थल छोप्न त कहिले खुम्चिएको स्कर्ट मिलाउनमै व्यास्त भइन् ।

katrina

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment