Comments Add Comment

यस्तो हाटबजार- जहाँ केटीहरुको किनबेच हुन्छ

keti-haatकेटीहरु विक्रीका वस्तु होइनन् । तर बुल्गेरियामा यस्तो हाटबजार लाग्छ, जहाँ केटीहरुको किनबेच हुन्छ । बुल्गेरियाको स्टारा जागोर भन्ने स्थानमा हरेक तीन वर्षमा केटीहरुको बजार लाग्छ । कुनै पनि पुरुषले छानी-छानी भनेजस्ती केटी किनेर श्रीमती बनाउन सक्छन् । यो हाटबजार गरिब परिवारका मानिसहरुले लगाएका हुन्, जो आफ्नो छोरी-चेलीको विवाह खर्च धान्न सक्दैनन् ।

बजारमा केटीहरुलाई बेहुलीको पोशाकमा सजाएर रािखएको हुन्छ । प्राय १६ वर्षदेखि ३० वर्षसम्मका अविवाहित केटीहरु यहाँ उपलब्ध हुन्छन् । केटी किन्नका लागि प्राय केटाहरु आफ्नो परिवारसहित गएका हुन्छन् । किन्ने क्रममा कुनै सामान किनेजस्तै चर्को मोलमोलाई हुन्छ ।

केटाले कुनै केटी मन पराएपछि केटालाई केटीसँग कुराकानी गर्ने मौका दिइन्छ । त्यसपछि केटाले केटीको परिवारसँग भाउमा बार्गेनिङ गर्छ । भाउ मिलेको खण्डमा परिवारलाई पैसा तिरेर केटीलाई श्रीमती बनाएर लैजान्छ । एक चोटी पैसा तिरेर लगिसकेपछि केटीलाई फिर्ता गर्न मिल्दैन । यसरी लगिएका केटीहरुसँग केटाको परिवारले दासीको जस्तै व्यवाहार गर्छन् ।

केटी किनबेच गर्ने चलन यहाँ पुस्तौदेखि चल्दै आएको छ । यसलाई कानुनले पनि कुनै रोकतोक गरेको छैन । बुल्गेरियाको कलाइदझी समुदायले यो बजार लगाउने गरेका हुन् ।

आफ्नो समुदायका व्यक्तिबाहेक अरुले केटी किन्न पाउँदैनन् । बजारमा कोही पनि केटीहरु एक्लै जान सक्दैनन् । उनीहरुको साथमा परिवारको कम्तिमा एक सदस्य हुनैपर्छ ।

पछिल्लो समय केही नारीवादी संघ-सस्थाले यो चलनको विरोध गर्न थालेका छन् । तर, प्रहरी प्रशासन कानमा तेल हालेर बस्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment