Comments Add Comment

सर्भर बिग्रिँदा लाइसेन्स कार्यालयको काम रोकियो, सेवाग्राही मर्कामा

१० माघ, तिलोत्तमा (रुपन्देही) । यातायात व्यवस्था कार्यालय, लुम्बिनी अञ्चलको कम्प्युटरको सर्भर बिग्रिएका कारण एक हप्तादेखि काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

Nepali-Drivers-Licence-302x177बुटबल कार्यालयले माघ २ गते आइतबार एक सूचना जारी गर्दै कम्प्युटरको सर्भर बिग्रदा लाइसेन्स जारी गर्ने, नवीकरण गर्ने, तथ्याङ्क राख्ने जस्ता महत्वपूर्ण काम गर्न नसक्ने उल्लेख गर्दा सेवाग्राही मर्कामा परेका हुन् ।

कार्यालय प्रमुख बेदप्रसाद अर्यालले कम्प्युटरको सर्भर बिर्गदा कुनै काम गर्न नसकिएको बताउनुभयो । उहाँले मर्मतका लागि विभागमा पठाएको तर अझै केही दिन लाग्ने जानकारी दिए ।

उक्त सर्भर केन्द्रीय टाडा बैंकमा जोडिने हुँदा राजस्व सङ्कलन, दर्ता, नवीकरणजस्ता कुनै पनि काम गर्न नमिल्ने कार्यालयले जनाएको छ । गएको सातदेखि सरकारी कार्यालयमा काम ठप्प हुँदा टाढाबाट लाइसेन्स नवीकरण गर्न आउनेसमेत मर्कामा परेका छन् ।

लुम्बिनी अञ्चलका छ जिल्लासहित अन्य केही जिल्लालाई सेवा दिने कार्यालय बुटवलको यातायात व्यवस्था कार्यालयमा अहिले सेवा लिन पुग्ने सेवाग्राही दैनिकजसो कार्यालय पुग्दै फर्किदै गर्न बाध्य छन् ।

दैनिक कामको लागि निकै भिडभाड हुने यो यातायात कार्यालय केही दिनदेखि सुनसान बनेको छ भने कर्मचारी कुनै काम नभएको भन्दै गफ गरेर बसेका छन् । कार्यालयमा दैनिक एक हजारदेखि १२ सय जनाले सेवा लिने गरेको कार्यालयको भनाइ छ ।
वागमतीपछि लुम्बिनी लाइसेन्स कार्यालयमा सेवाग्राहीको बढी चाप हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment