Comments Add Comment

खोलाको झाडी धार्मिक र पर्यटकीय क्षेत्रमा परिणत

 १० माघ, पथरी (मोरङ) । पहिले स्थानीय बूढी खोलाको झाडीले भरिएको क्षेत्र अहिले धार्मिक र पर्यटकीय स्थलका रुपमा विकास भएको छ ।

मोरङको सुन्दरदुलारीमा राधेश्याम सेवा ट्रष्ट र दीनबन्धु शास्त्री महाराजको पहलमा स्थानीयको सहयोगमा अहिले सुन्दरदुलारीमा वृन्दावन गौशाला निर्माण भइरहेको छ ।

कृष्णलीला देखाएको पवित्र तीर्थस्थल वृन्दावन गौशालालाई सचित्र रुपमा जस्ताको त्यस्तै निर्माण गर्ने अभियान नयाँ वृन्दावन गौशालामा थालनी गरिएको छ । निर्माण भइरहेको वृन्दावन गौशालाले धामिक पर्यटकीय प्रवद्र्धन निर्माणका लागि प्रशस्त सम्भावना देखाएको छ ।

सात बिगाहाको क्षेत्रफलमा निर्माण भइरहेको र नेपालकै ठूलो राधाकृष्णको मन्दिरको भुइँतलाको निर्माण कार्य सम्पन्न भएको छ । १२९ फिट लम्बाइ ८६ फिट चौडाइको यो मन्दिर एक हजार ३० वर्गमिटर क्षेत्रफलमा फैलिएको र यसक्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने निर्माण समितिले जनाएको छ ।

निर्माणाधीन वृन्दावन गौशालामा हाल १४ वटा गाई र बाच्छाबाच्छीसमेत संरक्षण गरिएको छ । नदी नियन्त्रणका लागि वृक्षारोपणका काम सकिएको स्थानीय हरि कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment