Comments Add Comment

प्रमुख निर्वाचन आयुक्तले प्रधानमन्त्रीलाई भने-१०० दिन अघि नै कानुन चाहियो

prachand-and-ayodhi-yadav

१० माघ, काठमाडौं । वैशाखमा स्थानीय चुनाव गर्ने प्रमुख तीन दलको सहमति लगतै प्रधानमन्त्री प्रचण्डले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् ।

सोमबार बिहान बालुवाटारमा भएको भेटमा प्रचण्डले २०७४ माघ ८ भित्र तीनै तहको चुनाव गराउन सरकार प्रतिबद्ध रहेको भन्दै निर्वाचन आयोगको तयारीबारे जानकारी लिएका छन् ।

‘तीन दलमा चुनावमा जाने सहमति भइसकेको छ । अरु दलहरुसँग पनि म छलफलमा छु,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार गोविन्द आचार्यले अनलाइनखबरसँग भने, ‘१८ वर्षसम्म स्थानीय निकाय नहुँदा बेथिती बढेको छ । त्यसैले जेठ १५ भित्रै स्थानिय तहको चुनाव गराउनुपर्छ ।’

प्रमुख निर्वाचन आयुक्त यादवले चुनावका लागि आयोग आन्तरिक र प्राविधिकरुपमा तयार भइसकेको भन्दै निर्वाचन सम्बन्धी ऐन-कानुनको प्रतिक्षामा रहेको बताएका छन् ।

राजनीतिक ढिलासुस्तीका कारण चैतमा चुनावको सम्भावना टरिसकेको भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले कम्तिमा एक सय दिन अगाडि नै आवश्यक कानुन बनाउन सुझाव दिए । अन्यथा २०७४ माघ ७ भित्र तीनवटै तहको चुनाव गराउन नसकिने उनले बताएका थिए ।

‘उहाँले (यादव)ले राजनीतिक निर्णय गरेमा १०० देखि १२० दिनमा आयोगले निर्वाचन गराउन सक्छ भन्नुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले अनलाइनखबरसँग भने ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न यादव एक्लै बालुवाटार पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment