Comments Add Comment

नवलपरासीमा छुट्टा छुट्टै घटनामा २ को मृत्यु

१० माघ, कावासोती । नवलपरासीमा छुट्टा छुट्टै घटनामा दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नयाँबेलहानी-८ मा आइतबार राति बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकजना युवतीको ज्यान गएको छ ।

nawalparasi_districtबुटवलबाट नारायणगढका लागि छुटेको लु १ ख ७७९१ नम्बरको बसले अरुणखोला र दुम्किबास बीच जंगलमा पैदलयात्री अन्दाजी २० वर्षकी युवतीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । उनको सनाखत हुन नसकेको अरुणखोला प्रहरीले जनाएको छ ।

यस्तै नवलपरासीको रजहर ४ कुलेनीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रजहर ४ का ७८ वर्षीय हस्तबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भिर घाइते भएका उनको उपचारको क्रममा चितवनको भरतपुरमा मृत्यु भएको हो ।

आइतबार दिउँसो बिन्दुमाया तामाङको घरमा बुद्धको पूजा गर्ने क्रममा फलामको लिंगोमा झण्डा राखी खडा गर्ने क्रममा अचानक लिंगो ढल्न गई विधुतको मेन लाइनमा परी करेन्ट लागेको थियो । उक्त घटनामा चार जना घाइते भएका थिए ।

घाइते भएका रजहर गाविस ४ बस्ने सोमान सिंह तामाङ्ग, बिन्दुमाया तामाङ्ग र निमर लामाको भने भरतपुरमा उपचार भइरहेको छ ।

– रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment